चोरीको घटनामा वृद्धि नियन्त्रण गर्ने निकाय असफल

   २२ असार २०७८, मंगलवार १५:२५  

तराई टप संवाददाता
रौतहट, २२ असार । रौतहट जिल्लामा पछिल्ला समयमा मोटरसाईक चोरीको घटनामा वृद्धि भएपनि नियन्त्रण गर्ने निकाय असफल रहेको छ ।
जिल्लाको शहरी क्षेत्र होस वा ग्रामिण क्षेत्र हो, हरेक स्थानमा पछिल्लो समयमा चोरीको घटनामा वृद्धि भएको पाइएको हो ।
कोभिड १९ को कारण विभिन्न शहरमा काम गर्दै आएकाहरु वेरोजगार भई घरमै थन्किरहेको अवस्थामा आवश्यक्ता पुरा गर्नका निमित्त चोरीका घटनाहरु होवात्तै बढेर गएका छन् । कोभिड व्यवस्थापन, बाढी पिडितलाई राहत एवं उद्धार लगायतका सुरक्षाकर्मीहरु खटिरहेको मौका छोपी ग्रामिण भेगको वजारिया क्षेत्रमा चोरीको घटना बढेको स्थानीयहरुले बताए ।
गढिमाई नगरपालिका वडा नम्बर ८ बिनगरा टोलका राजमगल राय यादवको मोटरसाईकल चोरी भएको छ । घर कम्पाउण्डमा पार्किंग गरी राखिएको ना ४७ प ४८१५ नम्बरको पल्सर मोटर साईकल चोरी भएका पिडितले बताए । गत हप्ता पहिला कटहरिया नगरपालिका वडा नम्बर ५ बस्ने मनोज यादब को ओनटेस्ट कालो रंगको पल्सर पसल अगाडीबाट चोरेर लगेको थियो ।
मोटरसाइकल, साइकल संग चोर समुहले घरमा प्रवेश गरी केमिल छर्केर चोरी गरिरहेको घटनाहरु सार्वजनिक भईरहेको छ तर चोरी नियन्त्रण हुन नसक्दा सर्वसाधारण जनताहरु भगवान भरोसे आफ्नो सुरक्षामा जुटेको गुनासो आम नागरिकले गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै