रौतहट, १९ साउन । राजदेवी नगरपालिका वडा नम्वर १ पथरा गाउँमा रहेका वडा कार्यालयमा सेवाग्रहीहरुले गत तिन दिन देखि ताला लगाएका छन् ।
स्थानीय राहुलकुमार यादवले नागरिकता बनाउनका लागि वडा कार्यालयमा सिफारिस गराउन १५ दिन देखि धाइरहदा पनि कर्मचारी नहुँदा काम भईरहेको थिएन । वडाध्यक्ष नरेश यादव र सचिव शिवशंकर सिंह कार्यालयमा अनुपस्थित रहेको कार्यालय सहयोगी मात्रै रहेपछि बाध्य भई ताला लगाउनु परेको गुनासो गरे ।
युवक राहुल भन्छन् सिफारिस गराउन आउदा कार्यालय बन्द थिए, कार्यालय सहयोगीलाई फोन गर्दा आएर कार्यालय खोल्यो र सोधे के काम छ, मैले भने नागरिकताको लागि सिफारिस गराउनु छ, कासले भन्यो सचिव आएको छैन उहाँहरु आएपछि मात्रै सिफारिस हुने बताएपछि, सचिव सिंहलाई फाने गर्दा मेरो घरमा काम छ आज म आउदिन भने, कार्यालय सहयोगीलाई काम गर्न भनिदिन्छु भन्दै पन्छिए ।
वडाध्यक्ष नरेश यादवलाई भन्दा सचिव नआएसम्म कुनै काम नहुने बताएपछि हामी जस्ता सयौं आम नागरिक विचल्लीमा परेको गुनासो गरे । राजदेवी नगरपालिकाको कार्यालयमा जाँदा त्यहाँ पनि नगरप्रमुख र हाकिम भेट भएन, उनले भने ।
नागरिकता जस्तो विषयमा सिफारिस लिन जाँदा कार्यालयमा सचिव र वडाध्यक्ष नबस्दा निकै विजोग भएपछि बाध्यात्मक रुपमा ताला लगाउनु परेको युवक राहुले भने ।
राहुल जस्तै मोतिना खातुन गत ६ दिन देखि छोरीको जन्मदर्ता गराउन वडा कार्यालयमा आइरहदा कोही पनि यहाँ नहुँदा सधै फर्केर घर जानुपरेको गुनासो गरिन । सेवाग्रहीहरु भन्छन् कुनैपनि सिफारिस गराउदा विना शुल्कको नगरेको आरोप लगाउदै लिएको शुल्कको रसिद माग्दा नदिने चलनको कारण यहाँ वडा कार्यालयको काम कारवाही प्रति प्रश्न चिन्ह स्थानीयहरुले खडा गरेका छन् । महादलितको सूचीमा पर्ने डोम समुदायका व्यक्तिहरुबाट अबैध रुपमा रकम लिएर सिफारिस गरेको समेत उनीहरुले गम्भीर आरोप लगाए ।
सचिव शिवशंकर सिंह संग सोध्दा वडाध्यक्ष यादवले कुनैपनि सिफारिस नगर्नु भनेको छ, म घरायसी कामबाट दुई दिन वडा कार्यालयमा आउन सकिएन, अहिले आएपनि वडाध्यक्षको आदेशलाई कसरी नकार्ने भने विवशता उत्पन्न भएको गुनासो गरे ।
वडाध्यक्ष नरेश यादव संग ९८६८८३३९७५ मा सम्पर्क गर्न खोज्दा मोवाइल रिसिभ गर्नुभएन ।
राजदेवी नगरपालिका वडा नम्वर १ पथरामा सेवाग्राहीहरु विचल्लिमा परेको तस्वीर


प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट