बारा, १९ साउन । गौर हत्याकाण्डको दोषिहरुलाई कारवाहीको माग गर्दै आम विद्यार्थी मोर्चा बाराले जिल्ला प्रशासन कार्यालय कलैयामा ज्ञापन पत्र बुझाएका छन् ।
आम विद्यार्थी मोर्चा बाराको अध्यक्ष विकास कुश्वाहाको नेतृत्वमा विद्यार्थीहरुले कलैया नगरपरिक्रमा गर्दै प्रमुख जिल्ला अधिकारीलाई गौर हत्याकाण्डको दोषिलाई कारवाही गराउन गम्भीर ध्यानाकर्षण गराउदै शुक्रवार ज्ञापन पत्र बुझाएका हुन् ।
गौर हत्याकाण्डको दोषिहरुलाई कारवाहीको माग गर्दै रौतहटको चन्द्रपुरमा जारी रहेका सहिद परिवारको समर्थनमा वारा जिल्लाका आम विद्यार्थी मोर्चाले दबाव स्वरुप आज कलैयामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको बताइएको छ ।
२०६३ साल चैत ७ गते गौरमा २८ जना माओवादी कार्यकर्ताहरुको निमर्मतापूर्वक हत्या गर्नेलाई अहिले सम्म राज्यद्धारा कारवाही नगरिनु निकै नै हास्यादपद रहेको आम विद्यार्थी मोर्चाले यदी दोषिलाई कारवाही नगरिएमा हामी चुप लागेर बस्न सक्दैनौं कानुनी राज्यको मूल्य र मान्यतालाई रक्षा गर्ने हो भने गौर घटनामा संलग्न दोषिहरुलाई सरकारले अविलम्ब कारवाही गर्न ज्ञापन पत्र मार्फत चेतावनी दिएका छन् ।


प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट