रौतहट, १९ साउन । गौर हत्याकाण्डको दोषिहरुलाई कारवाहीको माग गर्दै सहिद परिवारको शुक्रवार सातौं दिन पनि धर्ना प्रदर्शन जारी रहेको छ ।
गौर हत्याकाण्ड पिडित संघर्ष समितिका संयोजक रुपसागर देवीको नेतृत्वमा दोषिलाई कानुनी कारवाहीको माग गर्दै आज सातौ दिन पनि धर्ना प्रदर्शन जारी रहेको हो ।
नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि गौर हत्याकाण्डका दोषिलाई कारवाही भएन भने कहिले होला ? समेत रुपसागर देवीले वर्तमान सरकार संग प्रश्न गरिन् ।
२०६३ चैत ७ गते तत्कालिन मधेशी जनअधिकार फोरमका इशारामा गराइएको ताण्डवको शिकार २८ जना निहत्था माओवादी कार्यकर्ताहरु भएका थिए । तिनीहरुका आश्रित परिवार अहिले १७ बर्ष वितिसक्दा पनि न्याय पाउन सकेको छैनन् । अहिले माओवादी नेतृत्वकै सरकार रहेपनि कुनै वास्ता नगर्नु विडम्बनापूर्ण रहेको आक्रोश पोख्दै रुपसागरले न्याय नपाए सम्म शान्तिले नबस्ने चेतावनी दिदै देशव्यापी आन्दोलन चर्काउने समेत उनले भनिन ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन