झाझ खोलामा निर्माणाधिन पुल अलपत्र अवस्थामा, निर्माण कम्पनी फरार

   २२ असार २०७८, मंगलवार १६:२०  

 

तराई टप संवाददाता
रौतहट, २२ असार । गौर – पिपरा– समनपुर सडक खण्डको दुर्गा भगवती गाउँपालिकाको सिमानामा पर्ने झाँझ खोलामा पक्कि पुल बनाउन ठेक्का लिएका निर्माण व्यवसायी फरार भएका छन् ।
तत्कालिन पुल विभागबाट साढे २ करोडको लागिमा निर्माण कार्य सम्पन्न हुने पक्कि पुलको लागि २०७०÷०७१ सालमा ठेक्का सकार गरेका निलगिरी नेशनल क्यान् जिभी काठमाण्डौको निर्माण व्यवसायी गौरव पुडासैनी फरार भएको डिभिजन सडक कार्यालय चन्द्रपुरले जनाएका हुन् ।
तिन वटा स्पान रहेको उक्त पुल निर्माण ठेक्का लिएपनि निर्माण कम्पनीका प्रोपराइटर पुडासैनीले कछुवा गतिमा काम सुरु गरे । तिन बर्षमा फाउण्डेसनको काम पनि पुरा गर्न नसकेर काम छाडी फरार भएको प्राविधिक कर्मचारीहरु बताउँछन् । पटक पटक डिभिजन सडक कार्यालयबाट पत्राचार गरिएपनि सम्पर्कमा नआउदा उक्त निर्माण कम्पनीलाई कालो सुचीमा राखी ठेक्का तोड्ने प्रक्रियामा जानु बाहेक कुनै विकल्प नरेको सो कार्यालयले जनाए ।
पुल बनाउन ठेक्का लिएको सो कम्पनीले पुलको नाममा झारो टार्ने काम गरेको सडक डिभिजन कायृलय चन्द्रनिगाहपुरका प्रमुख नरेश प्रसाद केसरीले जानकारी दिए । सो सडक खण्डको पुलको काम नभएका कारण स्थानीयलाई गौर पिपरा आवत जावतमा समस्या भईरहेको स्थानीय समाजसेवी एवं राजनितिकर्मी श्यामचन्द्र झाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै