रेल्वे ट्रयाक अन्तर्गतको पुल निर्माण कार्य तिव्र गतिमा

90 Shares
रौतहट, २० साउन । वर्दीवास–निजगढ रेल्वे ट्रयाक अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित प्याकेज नम्वर ३ मा पर्ने रेल्वे पुलको निर्माण तिव्र गतिमा भईरहेका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित रेल्वे ट्रयाकवेडमा निमार्णधिन पुलमा कमसल एवं गुणस्तरिय कार्य गराउनका विभिन्न उपकरणहरुको मद्दत लिइरहेको बताइएका हुन् ।
अहिलेको मौसममा निर्माण कार्य सहज नभएको हुदा पुल निमार्णको कार्यलाई केहि समयलाई स्थगित गरी साईडका अन्य कार्यहरु निर्माण कम्पनी पक्षधरले गराईरहेका थिए । तर केहि दिन यता देखि सो पुलको निमार्ण कार्य तिब्र गतिमा संचालनमा आएको  रौताह÷हिम्डुङ्ग एण्ड थोकर÷कन्काई जेभिका प्रतिनिधि शिवहरी घिमिरेले जानकारी दिए ।
सो ट्रयाकबेडमा केही महिना अगाडि ९७ मिटर लम्बाई ११.५ मिटर चौडाइ, ५ मिटर उचाइको सो आरयुबी (पुल) को पिसिसी, रयाप, डन्डीको काम सम्पन्न गरिएको निर्माण पक्षका घिमिरेले बताए ।
तिन नम्बर प्याकेजमा एकदमै गुणस्तरीय निमार्ण कार्य भइरहेको ईन्जिनियर श्याम श्रेष्ठले जानकारी दिए । तर केही समय यता रेल्बे ट्रयाकवेड निमार्णका बिभिन्न प्याकेजका निमार्ण व्यवसायीहरुलाई रौतहटका केही स्थानीयहरुले रकम मागेर पटक–पटक दुख दिईरहेको तथा निमार्णमा भएका कार्यहरुलाई गुणस्तहीन भनी छापिदिने धम्की दिने गरेको आरोप निर्माण पक्षले लगाए ।
यसको जल्दो बल्दो उदाहरणको लागि सोही ट्रयाकवेड निमार्णको प्याकेज नम्बर चार को गौर सडक खण्ड देखि चादिँ नदी सम्म छुने ट्रयाकवेड गुणस्तरहिन छ भनी पटक–पटक समाचार आईरहदा रेल्वे बिभागले सो स्थानमा तत्कालै परिक्षण गर्दा ट्रयाकवेडको कमप्याक्सन रिपोर्ट मापदण्ड भन्दा पनि गुणस्तरीय पाईएको थियो ।
स्थानीय सबै पक्ष मिलेर रेल्वे जस्तो धरोहरलाई गुणस्तरिय रुपमा ट्रयाकवेड, पुल, कल्भर्ट निर्माणमा गुणस्तरिय गराउने तर्फ सबैको ध्यान जानु जरुरी रहेको तथा अनावश्यक रुपमा निर्माण व्यवसायीलाई दुख दिने काम गर्नु उचित नभएको निर्माण पक्षधरहरुले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।