आफूलाई फसाउन गम्भीर षड्यन्त्र भईरहेको – दुर्गा भगवती गापा अध्यक्ष शम्भु सिंहको आपत्ती

165 Shares
रौतहट, २० साउन । “रौतहट दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष सिंह फरार सुचीमा” शिर्षक राखेर नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि गम्भीर ध्यानाकर्षण भई आपत्ती प्रकट गरेका छन् ।
गाउँपालिका अध्यक्ष सिंह तराई टप संग कुरा गर्दै तत्कालिन गंगापिपरा गाविसका सचिव रामवृक्ष रायको हत्या प्रकरणमा मेरा कुनै संलग्नता नरहेको ठहर जिल्ला सरकारी वकिलको कार्यालयले आज भन्दा १६ बर्ष अघि गरेपनि शुक्रवारको नयाँपत्रिका राष्ट्रिय दैनिकको तेश्रो पेजमा “रौतहट दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष सिंह फरार सुचीमा” प्रकाशित समाचार प्रति आश्चर्यचकित भएका छौं, उनले भने ।
जिल्ला सरकारी वकिलको कार्यालय रौतहट गौरले २०६४ साल असोज ४ गतेका दिन प्रहरी निरीक्षक बेणी सिलवालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी शम्भु सिंह समेत भएको कत्र्तव्य ज्यान मुद्दामा प्रमाणको अभाव तथा निजलाई कारवाही गर्नुपर्ने कुनै प्रमाण नदेखिदा सोही मुद्दामा प्रतिवादी उपर कारवाही चलाउन मनासिव नदेखिएको हुँदा हिरासतमा राख्न नहुने नपर्ने भएकोमा प्रस्तुत कत्र्तव्य मुद्दामा पछि कुनै आधार प्रमाण फेला परेमा अदालत समक्ष उपस्थित हुने भन्दै मान्यवर व्यक्तिको जिम्मा जमानीमा छाडीएको सरकारी वकिलको कार्यालयले दिएको पत्रमा स्पष्ट उल्लेख रहेको छ ।
साथै तत्कालिन मृतक सचिव रायको घरपरिवारले पनि उक्त घटनामा शम्भु सिंह वा अन्य स्थानीय व्यक्तिको संलग्नता नरहेको लिखित रुपमा सरकारी वकिल कार्यालय र अदालतमा बयान दिएको थियो । अहिले आएर विपक्षी वा मेरो विरुद्ध गम्भीर षड्यन्त्र गर्नेहरुको चलखेलको आधारमा मलाई बदनाम गराउने षड्यन्त्र रचिएको सहर्ष दुर्गा भगवती गाउँपालिका अध्यक्ष सिंहले भने ।
यदी कत्र्तव्य ज्यानको मुद्दामा फरार अभियुक्त रहेका भए स्थानीय तहको अध्यक्ष पदमा मेरो उम्मेदवारी स्वतः रद्द हुने थिए तर मलाई बदनाम, चरित्रहत्या गर्नुका साथै मानसिक रुपमा प्रताडना गर्नका लागि विपक्षीहरुको यस्ता हर्कत भएको ठहर गर्दै नयाँ पत्रिका जस्तो समाजमा स्थापित भएका पत्रिकाले बास्तविक्ता बुझेर मात्रै समाचार सम्पे्रशन गर्दा समाजमा सकारात्मक असर पर्ने थिए तर कपोकल्पीत र पूर्वाग्रही रुपमा बास्तविक्ता नै नबुझी म माथि अन्याय हुने गरी समाचार प्रकाशित गरिएको कार्य प्रति मेरो गम्भीर आपत्ती रहेको छ, उनले भने ।
समाचार लेख्दा बास्ताविक्ताको धरातललाई टेकी मात्रै समाचार प्रकाशित गरेमा जनविश्वास बढ्ने अन्यथा कानुनी बाटो रोज्न बाध्य हुने छौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।