स्पेनलाई पेनाल्टी सुटआउटमा हराउदै इटली युरोकपको फाइनलमा प्रवेश

   २३ असार २०७८, बुधबार ०८:४३  

 

रौतहट, २३ असार । स्पेनलाई पेनाल्टी सुटआउटमा हराउदै इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ ।
स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा मंगलवार राति भएको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई दईका विरुद्ध चार गोलले हराउदै फाइनलको यात्रा तय गरेको हो ।
लण्डनको वेम्वली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थिए । इटलीका मानुएल लोकाटोलीको पहिलो प्रहार नै स्पेनका गोलकिपर उनाइ सिमोनले बचाए तर त्यसको फाइदा स्पेनले लिन सकेन । स्पेनका डानी ओल्मोको प्रहार पोष्टबाट बाहिर गयो ।
त्यसपछि इटलीका लागि आन्द्रे बेलोट्टी, लिओनार्दो बोनुची र जर्गिन्होले गोल गरे । स्पेनका लाग जेरार्ड मवरेनो र थियागो अलकान्टाराले गोल गरे । निर्धारित समयमा गोल गरेका अल्भारो मोराटाको पेनाल्टी प्रहार भने इटलीका गोलकिपर जियानलुजी डोनारुम्बाले बचाए । त्यसअघि ६०औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर ८०औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मोराटाले बराबरी गोल फर्काएका थिए । स्पेनले राम्रो सुरुवात गरे पनि गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
क्वाटरफाइनलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमै हराएको स्पेन इटली विरुद्ध राम्रो प्रदर्शन गर्न सकेनन । इटली सन् २०१२ पछि युरोकपको फाइनल पुगेको हो

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै