72
Shares
रौतहट, २१ साउन । रौतहटको वन क्षेत्रबाट अबैध रुपमा सालको काठ चोरी निकासी गरिरहेको अवस्थामा डिभिजन वन कार्यालय रौतहटले पिकअप जिप सहित बरामद गरेको छ ।
डिभिजन वन कार्यालय रौतहटले गैडाटार वन क्षेत्रबाट तस्करले बा.६च. ४६०२ नम्वरको पिकअप भ्यानमा सालको काठका गोलिया लोड गरेर लगिरहेको अवस्थामा वनको गस्ती टोलीले बरामद गरेको हो ।
चार थान सालको गोलिया सहित ईलाका प्रहरी कार्यालय चन्द्रपुर र वन गस्तिको संयुक्त पिकअप सहित गोलिया बरामद गरेको वन कर्मचारीले बताए । गाडी चालक फरार भएको र गाडीमा रहेका अरबिन्द चौधरीलाई पक्राउ गरेको छ ।
बरामद गरिएको पिकअप सहित काठ र चौधरीलाई वन कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको डिभिजन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन