नयाँ दिल्ली, २२ साउन, एजेन्सी । भारतले चामलको निकासीमा लगाएको प्रतिबन्ध नेपालको हकमा लागु नहुने बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल चामल निकासीमा प्रतिबन्ध मुक्त रहने आश्वासन नेपालको प्रधानमन्त्री पुष्पकमल दहाललाई दिएको हो ।
भारतको केन्द्र सरकारले बासमती बाहेक सबै प्रकारका काँचो चामल निकासीमा प्रतिबन्ध लगाएको छ । विश्व बजारमा खाद्यान्नको मूल्यमा अस्थिरता बढ्ने सम्भावना छ । यसको प्रभाव धेरै देशमा पनि देखिन थालेको छ । यसको असर नेपाल पनि परेको छ । अब भारत सरकारले नेपाललाई यो प्रतिबन्धबाट बाहिर राख्ने निर्णय गरेर नेपाली जनता प्रतिको उदारता देखाएका छन् ।
प्रधानमन्त्री मोदीले नेपाललाई चामल निकासीमा लगाइएको प्रतिबन्धबाट बाहिर राख्ने आश्वासन दिएको र सोका लागि आधिकारी रुपमा निर्णय गरिएको बताइएका छन् । यसरी प्रतिबन्धको असर नेपालमा देखा पर्दै गएपछि नेपाली जनताहरुले मोदीको यस्तो निर्णयलाई सराहना गर्दै धन्यवाद दिएका छन् ।
नेपाल प्रधानमन्त्री कार्यालयबाट विज्ञप्ति जारी
नेपालको प्रधानमन्त्री कार्यालयले यसबारे जानकारी दिँदै खुशी व्यक्त गरेको छ । भारतबाट नेपालतर्फको चामल निकासी पहिलेको जस्तै जारी रहनेछ । यससँगै भारतले नेपालमा अन्य खाद्यान्नको अभाव नहुने पनि आश्वासन पनि दिएको छ ।
भारत सरकारले गैर–बासमती चामल निकासीमा लगाएको प्रतिबन्धको प्रभाव नेपालमा देखिएको छ । नेपालमा तीन महिनाको भण्डारण भए पनि कालोबजारी र मूल्य वृद्धिका कारण नेपाल सरकारले भारतबाट १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल किन्ने निर्णय गरेको थियो ।
यस सम्बन्धमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री मोदीले तत्काल नेपाललाई चामल निर्यातमा प्रतिबन्ध हटाउने र निर्यात सहज बनाउने आश्वासन दिएका छन् । यसका साथै ऊर्जा क्षेत्रमा नेपाल र भारतबीच भएको १० हजार मेगावाटको विद्युत् खरिद सम्झौतालाई छिट्टै भारतीय मन्त्रि परिषद्बाट पारित गर्ने पनि भारतीय प्रधानमन्त्रीले जानकारी दिएका छन् ।
भारतले किन लगायो गैर बासमती चामलमा प्रतिबन्ध ?
भारत सरकारले बासमती चामल बाहेक सबै प्रकारका काँचो चामल निकासीमा प्रतिबन्ध लगाएको छ । आगामी चाडपर्वको समयमा आन्तरिक मागमा बृद्धि हुने र खुद्रा मूल्य नियन्त्रणलाई ध्यानमा राखी यो निर्णय गरिएको हो । देशबाट निकासी हुने कुल चामलको करिब २५ प्रतिशत हिस्सा गैर–बासमती सेतो चामलको हुन्छ ।
चामलको भाउमा १० देखि २० प्रतिशतले वृद्धि भएको छ
पछिल्ला केही सातादेखि देशभित्र चामलको भाउ ह्वात्तै बढेको छ, यो महिना चामलको भाउ १० देखि २० प्रतिशतले बढेको छ । यसबाहेक मौसमको अनिश्चितताका कारण यसपटक धानको उत्पादन घट्न सक्ने बताइएको छ । बाढी र खडेरीको अवस्थाका कारण पश्चिम बंगाल, महाराष्ट्र, छत्तीसगढ र कर्नाटक जस्ता राज्यहरूमा धान रोपाइ कम भएको छ । जबकि पश्चिम बंगाल र छत्तीसगढ प्रमुख धान उत्पादक राज्यहरू हुन् । यस्तो अवस्थामा आगामी दिनमा चामलको भाउ बढ्न सक्छ ।
विश्व बजारमा खाद्यान्नको मूल्यमा अस्थिरता बढ्ने डर ?
विश्व बजारमा हुने चामल निर्यातमा भारतको ४० प्रतिशत हिस्सा रहेको छ । यसमा पनि गैर–बासमती सेतो चामलको हिस्सा करिब २५ प्रतिशत रहेको छ । यस्तो अवस्थामा भारतले चामल निकासीमा प्रतिबन्ध लगाएपछि विश्व बजारमा खाद्यान्नको मूल्यमा अस्थिरता बढ्ने सम्भावना बढि छ । यसको प्रभाव धेरै देशमा पनि देखिन थालेका छन् । आजतक हिन्दी समाचारको नेपाली अनुवाद ।