वेस्ट इन्डिज । कैरिवियाई द्विपमा भइरहेको टि–२० सिरिजमा भारतले लगातार दोश्रो खेलमा हार बेहोरेका छन् ।
पाँच टि–२० म्याचको सिरिजमा वेष्ट इन्डिज २–० ले अग्रता भारतमाथि लिएका हुन् । भारतीय युवा विग्रडहरु वेष्ट इन्डिजका अनुभवहिन एवं विश्वकप छनौटबाट बाहिरिएका कमजोर टिम संग लगातार दोश्रो हार बेहोरदा सर्वत्र आलोचना भईरहेका छन् ।
खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । भारतीय टोलीले सात विकेट गुमाएर १५२ रनको कमजोर योगफल बनायो । भारतका तर्फबाट तिलक वर्माले सर्वाधिक ५१ रन बनाए भने भारतीय ब्याट्सम्यानमा इशान किशनले २७, हार्दिक पाण्ड्याले २४ र अक्षरले १४ रन बनाए ।
जवाफी ब्याटिङमा उत्रेको वेस्ट इन्डिजका लागि निकोलस पूरनले सर्वाधिक ६७ रन बनाए । भारतले दिएको लक्ष्य पछ्याउँदै वेष्ट इन्डिजको टोलीले १९ औं ओभरमा आठ विकेट गुमाएर १५५ रन बनायो र खेल आफनो पक्षमा पारे । भारतका लागि हार्दिक पाण्ड्याले ३ र यजुवेन्द्र चहलले २ विकेट लिए ।
अब भारतले सिरिजको तेस्रो खेल जित्नुपर्नेछ । यदि भारतले यो गर्न सकेन भने सिरिज वेस्ट इन्डिजको नाममा हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन