नयाँ दिल्ली, २२ साउन । भारतीय काँग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता बहाल भएको छ ।
मोदी सरनेममा आदिबासी समुदायलाई गाली गरेको आपराधिक मानहानी मामिलामा भारतको सर्बोच्च अदालतमा शुक्रवार दोषि ठहर गर्ने सुरत सेसन अदालतको फैसलालाई बदर गर्दै दुई बर्षको सजायलाई रोक लगाएपछि साँसद सदस्यता बहाल हुने बाटो खुलेका थिए ।
सोमवार भारतीय लोकसभा साँसद सचिवालयले उनको साँसद सदस्यता कायम भएपछि नेता गान्त्री संसदमा जाने बाटो खुलेका छन् ।
काँग्रेसका पूर्व अध्यक्ष समेत रहेका गान्धी केरलको वायनाड क्षेत्रबाट लोकसभा सदस्य छन् । उनले सन् २०१९ मा मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर विजेपीका गुजरा विधानसभाका विधायक पूर्णेश मोदीले सुरतको अदालतमा मुद्दा दर्ता गरेका थिए । जसमा अदालतले उनलाई दोषी ठहर गरेको थियो । त्यो फैसलामाथि गान्धीले गुजरातकै हाईकोर्टमा अपिल गर्दा हाईकोर्टले पनि सेसन कोर्टको फैसलालाई सदर गरेपछि गान्धी सर्बोच्च अदालत समक्ष पुगेका थिए । लोकसभाले पद बहाल रहेको सूचना निकाले पछि भारतीय कांग्रेसका कार्यकर्ताले खुसीयाली मनाइरहेका छन् । गान्धी लोकसभा बैठकमा पुग्दा विपक्षी सांसदहरुले उनको स्वागत गरेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट