zoom app tricks ucla zoom download install zoom for all users of a computer - install zoom for all users of a computer why pcr test takes time zoom app in spanish zoom client for meetings free download zoom installation windows zoom software for pc free download

मशहुर बलिउड अभिनेता दिलिप कुमार अव रहेनन

   २३ असार २०७८, बुधबार ०९:५६  

रौतहट, २३ असार । आफनो अभिनयबाट विश्वलाई नै आफनो तर्फ तानेको, बलिउडका महान हस्ती अभिनेता दिलिप कुमार यो संसारबाट सधैको विदा भएको छ ।
वलिउड अभिनेता दिलिप कुमारको ९८ बर्षको उमेरमा बुधवार विहान ७.३० बजेको समयमा मुम्बई स्थित खार हिन्दुजा अस्पतालमा उनले अन्तिम सास लिएर यो संसारबाट सधैको लागि विदा भए ।
१९२२ डिसेम्वर ११ तारिखमा जन्मिनु भएका थिए । तत्कालिन ब्रिटिश शासनकालमा इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो । २२ बर्षको उमेरमा उनले फिल्ममा प्रवेश गरेका थिए । उनले १९४४ मा ज्वार भाटा नामक चलचित्रबाट आफनो फिल्मी यात्रा सुरु गरेको थियो । तर उक्त फिल्म खासै चर्चा पाएनन ।
अभिनेता दिलिप कुमारलृ करिव पाँच दशकको क्यारियरमा ६० वटा फिल्ममा काम गरे । उनका यादगार फिल्महरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायत रहे । उनको अन्तिम फिल्म किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो ।
दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् । मिडिया रिपोर्टका अनुसार सबैभन्दा धेरै अवार्ड जित्ने कलाकारको रुपमा दिलीप कुमार सबैभन्दा अगाडि छन् । उनलाई सन १९९१ मा पद्म भूषण र २०१५ मा पद्म विभूषणबाट सम्मानित भएका थिए । १९९४ मा दादा साहेब फाल्के अवार्ड पाएका थिए । २००० देखि २००६ सम्म उनी राज्यसभा सदस्य पनि बनेका थिए ।
उनलाई पाकिस्तानले १९९८ मा सर्वश्रेष्ठ नागरिक सम्मान ‘निशान ए इम्तियाज’बाट पनि प्रदान गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै