तराई टप संवाददाता
पर्वत, २३ असार । पर्वतमा खहरे खोलामा आएको वाढीमा परेर इन्जिनियर चढेको गाडी वेपत्ता भएको छ ।
मध्य पहाडी लोकमार्गको निर्माण कम्पनी लामा कन्ट्रक्सनका इन्जिनियर र चालक चढेको जिप खहरे खोला पार गर्न लाग्दा आएको बाढीले जिपलाई बगाउदा उनीहरुको अवस्था अहिले सम्म अज्ञात रहेको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।
मंगलवार राति १० बजेको समयमा आएको बाढीले बगाउँदा उनीहरु वेपत्ता भएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाको साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारी वेपत्ता भएका हुन् । कुश्मा नगरपालिका ८ दोविल्लाको खहरे खोलाको बाढीले उनीहरलाई जिप सहित वेपत्ता भएको तर जिप मोदी खोलामा भेटिएको छ । तर खोलाको बहाव अत्याधिक गतिमा रहेको हुँदा निकाल्न नसकिएको तथा दुवै जनाको अवस्था अहिले सम्म अज्ञात रहेको प्रजिअ खत्रीले भनिन ।
सिडिओ खत्रीले उक्त बाढीले सोही स्थानकै चार वटा टहरा र मध्यपहाडी लोकमार्ग निर्माण कम्पनीकै दुई वटा मोटरसाइकल र एउटा स्कुटर पनि बगाएको जानकारी दिइन् । ‘बाढीपहिरोले अहिले बाटो पूरै बन्द भएको छ ।