रौतहट, २३ साउन । पहाडी क्षेत्रमा भईरहेको अविरल बर्षा संगै वागमती, लालबकैया नदी सहित स्थानीय खोलाहरु खतराको सीमा पारे गरेका छन् ।
वागमती नदीमा आएको बाढिबाट दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिका क्षेत्रमा सयौं विगहा खेति गरिएको जग्गा डुबानमा परेका हुन् । दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरी गाउँ भन्दा दक्षिण भएर बागमतीको बाढी प्रवेश गरेको छ । बाढीले धान खेतहरु सबै डुबानमा परेको छ । बाढीको रफतार तिव्र रहेको छ । गौर गंगापिपरा सडक खण्डको दुबै तर्फ बाढीको पानी ओभरफ्लो भएर बग्ने अवस्थामा पुगेका छन् ।
वागमती र झाझमा आएको ठूलो बाढी विस्तारै राजदेवीको पथरा पुल भएर दक्षिण तर्फ आइरहेको छ । साँझ सम्म गौर नजिक बरहवा खोला आसपास सम्म पुग्ने देखिन्छ । स्थानीय बासिन्दाहरु सम्भावित बाढीबाट सजग बनेका छन् ।
वागमती नदीको बाढीले दुर्गा भगवती ३ र ५ मा बाँधलाई क्षति पुर्याउने सम्झावना बढि रहेको स्थानीयहरु बताउँछन् । यता लाल बकैया नदीमा पनि ठूलो पानी आएको हुँदा खोला किनारमा नजान तथा सम्भावित बाढिबाट जोगिन स्थानीय तह र स्थानीय प्रशासनले आम नागरिक संग आग्रह गरेको छ ।

अर्कोतिर बागमती खोलामा आएको बाढीले चन्द्रपुर १ मा रहेको नुनथर क्षेत्रका केही घरमा पसेको छ । नुनथर स्थित बगमती छेउमा पसल थाप्नका लागि बनाईएका घरमा बाढी पसेको बताइएका छन् ।
चाँदी र बकैया खोलामा समेत पानीको बहाव बढदै जान थालेको छ । स्थानीय प्रशासनले ती खोलाहरुको तल्लो भेगमा बसोवार गर्नेहरुलाई सचेत रहन आग्रह गरेको छ ।
वागतमी र झाझ खोलाको बाढीबाट दुर्गा भगवती, यमुनामाई र राजदेवीका प्रभावित स्थानहरुका फिचर तस्वीर ।




बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन