रौतहट, २३ साउन । खेतमा काम गरेर फर्किरदा एक्कासी वागमती नदीमा बाढी आउदा रौतहटको गढीमाई नगरपालिका वडा नम्वर २ का एक वृद्ध व्यक्तिको डुबेर मृत्यु भएको छ ।
गढीमाई नगरपालिका वडा नम्वर २ का ६५ बर्षिय सहिद राय भाँट विहान वागमती नदी पारी सर्लाही बरहथवा नगरपालिकाको वडा नम्वर ४ स्थित खेतमा काम गरेर फर्किरहेको अवस्थामा आज दिउसो १२ बजेको समयमा बढीको पानीमा डुबेर मृत्यु भएको स्थानीयले बताए ।
भाँटलाई डुविरहेको अवस्थामा स्थानीयले उद्धार गरेर उपचारको लागि चन्द्रपुर अस्पतालमा पठाउदा चिकित्सकले मृत घोषणा गरेको रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले बताए ।
यस्तै आज विहान भैसी चराउन गोठाला गएका राजपुर नपा ३ फतुवा महेशपुरका ३ जना युवकहरु लालबकैया नदीको बगरमा फसेकोलाई सुरक्षाकर्मीहरु अहिले उद्धार गर्नमा खटिएको छ । परोहा नगरपालिका ४ पोखरिया स्थित लालबकैया नदीमा ४ जना गोठाला फसेको खवर प्राप्त भएको छ तिनिहरुलाई उद्धार गर्न बोट सहितको सुरक्षाकर्मीलाई परिचालन गरिसकेको एसपी मगरले जानकारी दिए ।
मौलापुर नगरपालिका १ मर्यादपुर स्थित बाकैया नदीको बाढीबाट जोगिन रुखमा बसेका युकलाई समेत उद्धार गरेर शकुशल बाहिर ल्याइएको जानकारी दिदै रौतहट प्रहरीका एसपी दुर्गा भगवती वडा नम्वर ५ बडहर्वामा बागमती र झाझ खोलाको बाढीबाट गाउँ वरिपरिका क्षेत्र पूर्ण रुपमा डुबानमा परेको तथा त्यहाँ रहेको प्रहरी चौकी भित्र बाढी पसेको उनले भने ।
निरन्तर रुपमा बागमती सहितका नदीहरुमा पानीको लेवल बढिरहदा नदिकिनारका बासिन्दाहरु सुरक्षित रुपमा रहन आग्रह गरिएको उनले भने ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट