71
Shares
रौतहट, २३ साउन । गौर हत्याकाण्डका पिडकहरुलाई कारवाहीको माग राख्दै आन्दोलनरत गौर हत्याकाण्ड पिडित संघर्ष समिति र सरकार बीच सहमती भएको छ ।
मंगलबार गृह मन्त्रालय काठमाडौमा भएको पीडित संघर्ष समिति र सरकारबीचको वार्तामा पाँचबुँदे सहमति भएको हो ।
सहमति सँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको बताइएको छ । घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शहीद स्मारक स्तम्भ बनाउने, घाइतेहरुको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने लगायत बिषयमा सहमति भएको छ ।
सहमतीमा सरकारको तर्फबाट गृह मन्त्रालयका सह सचिव नारायण प्रसाद भट्टराई र संघर्ष समितीका अध्यक्ष रुपसागर देवी उपाध्याय ले हस्ताक्षर गरेका छन ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट