काठमाडौको कपनबाट १० महिला सहित २९ जुवाडे पक्राउ

तराई टप संवाददाता
काठमाडौं, २३ असार । काठमाडौको कपनको सिमलटार स्थित एक घरबाट मंगलवार राति १० महिला सहित २९ जना जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काठमाडौ परिसरलाई गुप्य सुचाना प्राप्त हुनासाथ प्रहरीले गए राति २ बजेको समयमा कटनको सिमलटार नजिक रहेको एक घरमा छापा मारेका हुन् । जुवा खालमा बसेर जुवा खेलिरहेका र सहयोगीको भुमिका निर्वाह गरिरहेकी १० जना महिला सहित २९ जना जुवाडेलाई पक्राउ गरिएको एसएसपी अशोक सिंहले जानकारी बताए ।
जुवा खालबाट ३० थान कौडा र १४ लाख रुपैया नगद बरामद भएको हुँदा पक्राउ परेकाहरुलाई हिरासतमा राखि आवश्यक अनुसन्धान भईरहेको एपएसपी सिंहले बताए ।