एक लाखको धरौटीमा ३० औं दिनमा रिहा चक्रवर्तीलाई जमानत पाए

रौतहट, २१ असोज । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या मामिलामा भायखाल कारागारमा रहेकी बम्बे हाईकोर्टबाट बुधवार रिया चक्रवर्तीले जमानत पाएकी छिन् ।
यद्यपि, अदालतले उनका भाइ शौविक चक्रवर्तीको जमानत याचिका खारेज गरेको छ । रियालाई हाईकोर्टले एक लाख नगद जमानती लिएर तारेखमा रिहा गर्ने गर्ने आदेश दिएपछि एक लाख नगद धरौटी राखेर आज भायखाल जेलबाट ३० दिनपछि रिहा भएकी हुन् । यसअघि मंगलबार एक विशेष अदालतले नारकोटिक्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्ट अन्तर्गत मंगलबार रियाको न्यायिक हिरासत २० अक्टोबर सम्म बढाएको थियो ।
जमानतका लागि राखियो शर्त
रियाले जेलबाट रिहा भएपछि पासपोर्ट बुझाउनु पर्नेछ । उनी कसैको अनुमति बिना विदेश यात्रामा जान पाउने छैनन् । यदि उनी मुम्बई बाहिर जानुपर्ने भए उनले सबैभन्दा पहिले अधिकारीलाई यसबारे जानकारी दिनुपर्ने छ । साथै, पुलिस चौकीमा १० दिनको अन्तरालमा आफ्नो हाजिरी दर्ता गराउनु पर्नेछ ।
एक महिनादेखि जेलमा बन्द रियाले लोअर कोर्टबाट दुईपटक याचिका खारेज भएपछि हाईकोर्टमा अपिल गरेकी थिइन् ।
अब्दुल बासितको जमानत याचिका खारेज
सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानको सिलसिलामा सार्वजनिक भएको ड्रग कनेक्सनमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ८ सेप्टेम्बरमा रियालाई पक्राउ गरेको थियो । उनलाई भायखाल जेलमा राखिएको थियो । जेल प्रशासनले बेलको अर्डर पाउने बित्तिकै उनलाई जेलबाट रिहा गरिने छ ।
यस्तै स्याम्युल मिरान्डा र दिवेश सावन्तलाई पनि बम्बे हाइकोर्टले जमानत दिएको छ । जबकी अब्दुल बासितको जमानत याचिका खारेज गरिएको छ ।