रौतहट, २४ साउन । कोरोना महामारीबाट प्रभावित भएका परिवारलाई राहत मिलोस भन्ने उद्देश्यका साथ नेपाल सरकारद्वारा बनाइएको मापदण्ड विपरित नगद रकम वितरण भएको गम्भीर आरोप लागेको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीमा कोरोना प्रभावित अति विपन्न घर परिवारको लागि आएको रकम कोराना मापदण्ड विपरित गैर नागरिक र मृतक मानिसको खातामा पठाइएको आरोप स्थानीयले लगाएको हो ।
कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवार लक्षित नगद हस्तान्तरण कार्यविधी २०७८ मा घर परिवारको कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै संघसंस्था वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरिरहेको आय आर्जनमा रहेका परिवारको कुनै सदस्य नेपाल सरकारबाट उपलब्ध हुने अन्य समाजिक सुरक्षा, ज्येष्ठ नागरिक, एकल महिला, दलित वा अपांग बापतको भत्ता वा नेपाल सरकारको पुर्ण वा अधिकांस स्वामित्व भएको संस्थाबाट निवृतभरण वा विदेशी सरकारबाट पेंसन सुविधा प्राप्त गरिरहेको, संचित आय वा पैतृक सम्पतीबाट तत्कालको खर्च आवश्यक्ता पुरा गर्न सक्ने अवस्थामा रहेको व्यक्तीलाइ कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवार लक्षित नगद हस्तान्तरण वापत आएको रकम दिन मिल्ने छैनन् ।
तर उक्त कार्यविधि र मापदण्ड विपरित वडा नम्वर ३ मा कार्यविधीले दिएको निर्देशनको धज्जिया उडाउदैँ निर्वाचित पदाधिकारी र कर्मचारीले धरातललाई नटेकी कोरोना पिडितलाई पाखा लगाउदै नजिकको व्यक्तिहरुलाई बैंक खातामा उक्त रकम पठाउन सिफारिस गरेको देखिन्छ ।
स्थानीय बासिन्दाहरुको अनुसार कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवार लक्षित नगद हस्तान्तरण कार्यक्रममा बर्चस्व रहेका व्यक्तिहरुलाइ सहभागी गराइएको दुर्गा भगवती गाउँपालिकाबाट उपलब्ध गराइएको पत्रमा स्पष्टै देख्न सकिन्छ ।
कोरोनाबाट मृत्यु भएको पवन देवीको श्रीमान फौदी साहले कोभिडको समयमा श्रीमती छोडेर गयो त्यसमा पसलव्यापार सबै बन्द भएर धारासायी हुँदा समेत हामी कोभिड पिडित भएनौं जुन व्यक्तिहरु घरमा मज्जाले बसे त्यसैलाई कोरोनाको रकम पाउनु निकै विडम्बनापूर्ण रहेको आक्रोश व्यक्त गरे ।
त्यती मात्रै नभई कोरोना पोजेटिभ भएर क्वारेन्टाइनमा बसेका र उसको घरलाई अन्य व्यक्तिहरुको पहुँचबाट टाढा राखिएका परिवारलाई समेत बंचित गराइयो । यो कस्तो निर्णय हो साहले सम्बध निकाय संग प्रश्न गरे ।
बास्तविक कोरोनाबाट संक्रमण भएर क्वारेन्टाइन बसेका, कोरोनाको कारण मृत्यु भएका परिवारहरु प्रभावित भएन तर गैर नागरिक कसरी कोरोना पिडित बने समेत स्थानीय कृष्णमणी बादशाहले प्रश्न गरेका छन् ।
गएका फागुन र चैत महिनामा कोरोनाको रकम ८३ जनाको खातामा पठाइएको छ । जसमा २०७९ साल असार महिनामा मृत्यु भएका व्यक्तिको खातामा समेत रकम जाँदा वडा कार्यालयको लापरवाही भनौं कि आन्तरिक साँठगाठमा भएको उनले गम्भीर प्रश्न उठाए ।
२०७९ साल फाल्गुन २६ गते कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवार लक्षित नगद हस्तान्तरणको लागि वडाबाट आएका नमावलीमा दिलिम कुमार झाको नाम प्रमाणित भए पनि प्रमाणित भएको मिती भन्दा ६–७ महिना अगाडी दिलिम कुमार झाको मृत्यु भइ सकेको उनले भने ।
दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ बाट कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवार लक्षित नगद हस्तान्तरण कार्यक्रमको लागि वडा कार्यालयबाट सिफारिस गरिएको व्यक्तीको नमावलीलाई गाउँपालिकाको उपाध्यक्ष शिला देवीले प्रमाणित गरेपछि रकम खातामा हस्तान्तरणको लागि पठाइएको बुझिएको छ ।
यसविषयमा वडा नं. ३ को सचिव उमेश चौधरी संग सोध्दा, मलाई केही जानकारी नरहेको लिष्ट पठाउने समयमा बाहिर रहेको जवाफ दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन