कोपा अमेरिका फुटवलको सेमीफाइनलमा कोलम्बियालाई हराउदै अर्जेन्टिना फाइनलमा प्रवेश

   २३ असार २०७८, बुधबार १०:३५  

रौतहट, २३ असार । कोपा अमेरिका फुटबलको सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ ।
बुधवार विहान भएको दोश्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा दुईका विरुद्ध तिन गोल हानेर अर्जेन्टिना फाइनलको यात्रा तय गरेको हो । उपाधिका लागि आयोजक राष्ट्र ब्राजिल संग प्रतिस्पर्धा हुने छ ।
ब्रासिलिया स्थित नासिओनल स्टेडियममा भएको खेलको निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेललाई नजिता दिन पेनाल्टी सुटआउट भएका थिए । खेलको सातौ मिनेटमै लिओनल मेस्सीको पासमा लाउटारो मार्टनिजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । तर ६२ औं मिनेटमा कोलम्बियाका लुइस डियाजले एडविन कार्डोनाको पासमा बराबरी गोल फर्काएको थियो ।
९० मिनेटको खेल बराबरीमा टुंगिदा पेनाल्टी सुटआउट सुरु भए जहाँ अर्जेन्टिनाका लागि चार खेलाडीले पेनाल्टी प्रहार गर्दा ३ खेलाडीले गोल गरे । कोलम्बियाले पाँच पेनाल्टी प्रहार गर्दा दुई प्रहार मात्र गोल भयो ।
अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले तीन पेनाल्टी बचाए । मार्टिनेजले डेभिडसन सान्चेज, येरी मिना र एडविन कार्डोनाको पेनाल्टी प्रहार बचाए । कोलम्बियाका जुवान कुड्राडो र मिगुएल बोर्जाले मात्र गोल गरे ।
अर्जेन्टिना सन् २०१६ पछि फाइनलमा पुगेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै