रौतहट, २५ साउन । साउने झरी संगै वागमती, झाँझ र लाल बकैया नदीमा आएको बाढीबाट करिव दुई सय पचार घर परिवार भन्दा प्रभावित भए ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ५ बडहर्वा र वडा नम्वर ३ मत्सरी गरेर एक सय घर परिवार तथा राजपुर नगरपालिकाको वैरियामा ११० घरपरिवार बाढीबाट प्रभावित भएको थियो ।
प्रभावित घरपरिवार मध्ये १०÷१५ जना परिवार बाहेक अन्य सबै घर फर्किसकेका छन् । जिल्ला विपद व्यवस्थापन समितिबाट दुर्गा भगवतीको वडा नम्वर ५ बडहर्वाका ६५ परिवारलाई तत्कालिन राहत सामग्री उनीहरुको घरदैलोमा गएर उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला विपद व्यवस्थान समितिबाट चामल २५ केजी, दाल ५ केजी, चिउरा ५ केजी, आलु ५ केजी, खाने तेल २ लिटर, नुन २ पाकेट, चिनि १ केजी, मैट १ थान, मेडिकेटेड झुझ एक थान सहितको राहत सामग्री वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखापाल संजय झाले जानकारी दिए ।
अन्य स्थानमा बाढी प्रभावित बस्तीमा राहत वितरण कार्यलाई तिव्र बनाइएको उनले बताए । बाढीमा परेर मृत्यु भएका गढीमाई नगरपालिका २ समनपुरका सहिद राय भाँटका आश्रित परिवारलाई चाँडै नगद रकम जिल्ला विपद व्यवस्थापन समितिबाट उपलब्ध गराइने लेखापाल झाले जानकारी दिए ।



प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट