सिआइबीको अपरेशन ‘फक्सट्रट चार्ली’ अन्तर्गत वागमती हस्पीटलका चिकित्स यादव पक्राउ

   २६ श्रावण २०८०, शुक्रबार १३:५०  

नक्कली शैक्षिक प्रमाण पत्र भएका चिकित्सक संग सर्वसाधारण जनताहरुलाई उपचारको आडमा

लुट्ने प्रवृति माथि वागमती हस्पीटल प्राली पिपराबजार माथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ ?

रौतहट, २६ साउन । रौतहटको दुर्गा भगवती गाउँपालिकाको पिपराबजारमा संचालित बागमती हस्पीटल प्रालीमा कार्यरत एक जना डाक्टरलाई नक्कली शैक्षिक प्रमाण पत्र प्रकरणमा पक्राउ परेका छन् ।
सिआइबीले विहिवार रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर १ पिपरा बजारमा संचालित रहेका वागमती हस्पीटल प्रालीमा कार्यरत रामबाबु यादवलाई पक्राउ गरेका हुन् ।
सिरहाको लहान घर भएका जेनरल फिजिसियन यादव बंगलादेशबाट चिकित्सको अध्ययन गरेपनि निजको शैक्षिक प्रमाण पत्र छानविनको क्रममा नक्कली पाएपछि सिआईबीले छानविन सुरु गरेको छ । वागमती हस्पीटल प्राली पिपरा बजारमा नक्कली चिकित्सकलाई राखेर संचालक पक्षले गरिव असहाय विरामीहरुलाई ठगि गरिरहेकै वेला त्यसमा कार्यरत चिकित्सक नक्कली प्रमाणपत्र धारी निस्किएपछि हस्पीटल माथि प्रश्न चिन्ह खडा भएका छन् ।
यस्तै हिजो नै सिआइवीको टोलीले संघिय राजधानी स्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, महोत्तरीका डा. रञ्जितकुमार यादव, डा. एरिना शाहलाई पक्राउ गरेको थियो ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न थप दुइ जना डाक्टर पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार काठमाडौं स्थित इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरी पक्राउ गरेको बताइएको छ ।
शिल्पकारलाई बिहीबार राति काठमाडौंबाट पक्राउ गरिएको हो भने चौधरीलाई मोरङबाट पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए । उनका अनुसार चौधरीले मोरङमा निजी क्लिनिक चलाउँदै आएका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । सिआइबीले बिहीबार नै नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पनि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ गरिसकेका छन् ।
सिआइबीले शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा संलग्नहरूलाई पक्राउ गर्न अपरेशन ‘फक्सट्रट चार्ली’ चलाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै