खाईपाई आएको सेवा सुविधा कटौती हुने देखेर बैंक कर्मचारी आन्दोलित

1249 Shares

रौतहट, २३ असार । सामाजिक सुरक्षा भत्ताको विरुद्ध बैंक कर्मचारीहरु आन्दोलित भएका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिकामा बुधवार विहान ८ बजे विभिन्न प्ले कार्ड व्यानर सहित विभिन्न बैंकमा कार्यरत कर्मचारीहरु सामाजिक सुरक्षा भत्ताको विषयलाई लिएर आन्दोलित भएका हुन् ।
सामाजिक सुरक्षा कोषमा आफूहरुलाई जबरजस्ती आवद्ध गराई पाउदै आएको सेवासुविधा कटौती हुने भन्दै चन्द्रपुरमा रहेका सम्पुर्ण बैक तथा वित्तिय संस्थाका कर्मचारीहरु आन्दोलनमा उत्रिए । सामाजिक सुरक्षा कोष ऐन नियमावली तथा कार्यविधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रुपमा पेश गरेका सुझावहरूको सम्बोधन नगरिएकोमा आफुहरु विरोधमा उत्रिएको ग्लोबल आइएममी बैकका प्रबन्धक साजन प्रजापतिले बताए ।
कोषमा आवद्ध हुन नसकिने ५ वटा कारण देखाउँदै चन्द्रपुरका बैंकहरुका कर्मचारीहरुले बुधबार चन्द्रनिगाहपुर चोकमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन । योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धीहरु समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनामा कदापी संलग्न हुन नसकिने एभरेष्ट बैकका प्रबन्धक राजीव सिग्देलले स्पष्ट पारे ।
कोषमा आबद्ध भएपछि अन्तरराष्ट्रि श्रम संगठन (आइएलओ) को सन्धिमा भएको ब्यवस्था अनुसार यसअघि खाइपाइ आएको तलब घट्ने तथा सरकारी र निजी क्षेत्रका बैंक बीच विभेद सृजना हुने, सामाजिक सुरक्षा कोष र निवृत्तिभरण कोष ल्याएर पुनः विभेद गरिने, सरकारी कर्मचारीलाई भन्दा निजी क्षेत्रका कर्मचारीलाई सुविधा कम हुने बैकका कर्मचारीहरुले संघिय सरकार माथि गम्भीर आरोप लगाए । बैंकर्षहरुको माग पुरा नभए यसको परिणाम गम्भीर हुने समेत उनीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार