काठमाडौं, २६ साउन । सरकार र गौर हत्याकाण्डका पीडित बीच भएको सहमती प्रति जनता समाजवादी पार्टीले गम्भीर रुपमा आपत्ती जनाएका छन् ।
जनता समाजवादी पार्टीद्वारा संघिय राजधानीमा आयोजित पत्रकार सम्मेलनको आयोजना गरेर जसपाका नेता मनिष सुमनले तत्कालिन माओवादी नेता प्रभु साह सहितको हठको कारण सरकार र गौर हत्याकाण्डका पीडित विच भएको सहमती प्रति आपत्ती जनाएका हुन् ।
जसपा नेता सुमनले गौर घटनाका बारेमा बनेका छानबिन समिति र आयोगका प्रतिवेदनहरु सार्वजनिक गर्न पनि माग गरे । जसपाले गौर हत्या काण्डका बारेमा छानबिन गर्न उच्च स्तरीय संसदीय समिति छानबिन गर्न पनि माग गरेको छ ।
सो पत्रकार सम्मेलनमा जसपा नेता राजकिशोर यादवले गौर घटनामा संलग्न रहेको आरोपमा आफ्ना नेताहरुमाथि राजनीतिक प्रतिशिोधका आधारमा मुद्दा दायर गरिएको र नेताहरुलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाए ।
२०६३ साल चैत ७ गते २८ जनाको मृत्यु हुने गरी गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन गरेको थियो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट