सर्लाही, २६ साउन । सर्लाहीको लखनदेही खोलाको पुल मुनी विहिवार विहान पुरुष व्यक्तिको भेटिएका टाउको भारतीय युवकको भएको सर्लाही प्रहरीले पुष्टि गरेको छ ।
हरिवन नगरपालिका वडा नम्वर ४ लखनदेही खोलाको पुल मुनी विहिवार विहान ८ बजेको समयमा पुरुष व्यक्तिको टाउको भेटिएका थिए । प्रहरीले घाँटी भन्दा माथि मात्रै रहेका टाउको सम्बन्धमा स्थानीय संचारमाध्यम तथा समाजिक संजालमा सार्वजनिक गरेपछि आज भारतीय व्यक्तिको रुपमा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
भारत विहारको सीतामढी जिल्ला पुनौरा मनियारी ५ का २३ बर्षिय गोलु भन्ने अभिषेक राजको हो भनेर निकका ५० बर्षिय बुवा रामदिवाकरले सनाखत गरेपछि भारतीय नागरिकको रुपमा पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकारी डिएसपी कैलाश राइले जानकारी दिए । मृतकको वुवाका अनुसार साउन २० गते नै सर्लाही घुम्न चार जना साथिहरु संग आएका थिए तर आज विहान टाउकोको हुलियाबाट छोरालाई चिनेको बताउदै छोराको साथिहरु पनि घर नफर्किएको हुँदा हत्या गरेको हुन सक्ने आशंका व्यक्त गरे । प्रहरीले पनि हत्या गरेर टाउको खोलामा फालेको बाँकी शरिर अन्य स्थानहरुमा फालेको हुन सक्ने सम्भावना रहदा शरिरको पनि खोजी कार्य भईरहेको सर्लाही प्रहरीले जनाएका छन् ।
उक्त टाउकोको पोष्टमार्टमको लागि काठमाडौ पठाएर थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताए ।
उक्त टाउकोको पोष्ट मार्टम लगायतको अन्य अनुसन्धान कार्य जारी रहेको समेत उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन