97
Shares
रौतहट, २७ साउन । गौर नगरपालिकालाई हराभरा एवं पर्यावरणलाई संरक्षण हेतु डा. विरेन्द्र मल्लिकको सम्झनामा ५० थान वृक्षारोपण गरेर फलामको जाली लगाइएको छ ।
अमेरिकामा बस्ने डा. सुबोधकुमार मल्लिक आफनो वुवा विरेन्द्र मल्लिकको सम्झनामा गौर नगरपालिकामा वृक्षारोपण गरिएका ५० वटा विरुवालाई हुर्किन फलामको जाली लगाएको हो ।
बोटविरुवा लगाउदै वरपरका वातावरण स्वच्छ हुने तथा पर्यावरण पनि सन्तुलित हुने भएकाले गौर नगरमा वृक्षारोपण गरिएका बोटमा व्यत्तिगत रुपमा ५० वटा फलामे जाली लगाएको जानकारी दिदै मल्लिकको सहजकर्ता विमल मिश्रले अझै ५० वटा बनाउने तयारीमा रहेको बताए ।
यति मात्रै नभई जुनसुकै विपदको समयमा पिडित परिवारलाई व्यत्तिगत रुपमा सहयोग एवं राहत उपलब्ध गराउदै आएको हुँदा आवश्यक परेको स्थानमा समेत उपलब्ध गराउने विमल मिश्रको टिमले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन