उद्योगी व्यवसायीहरु सिडिओलाई ज्ञापन पत्र बुझाए

374 Shares

तराई टप संवाददाता
रौतहट, २३ असार । कोभिड १९ को संक्रमण दर उच्च रहेको वेला रौतहट जिल्लाको उद्योगी व्यवसायीहरु माथि परेको असरलाई मध्यनजर राख्दै उद्योग वाणिज्य संघ रौतहटले प्रमुख जिल्ला अधिकारीलाई बुधवार ज्ञापन पत्र बुझाएका छन् ।
कोरोना संक्रमणका कारण लामो समय बजार व्यवसाय बन्द रहदा विभिन्न समस्याहरु भोग्दै आएका उद्योगी व्यवसायीहरुको संस्था उद्योग वाणिज्य संघले आज प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ज्ञापन पत्र बुझाएका हुन् ।
उद्योग वाणिज्य सँघको अध्यक्ष पण्डित जयसवालको नेतृत्वमा गएको उद्योगी व्यवसायीहरुको एक टोलिले कोरोना संक्रमणका कारण बन्द रहेको नेपाल भारत सिमाना खुलाउनु पर्ने, उद्योगी व्यवसायीलाई यथासिघ्र कोविड १९ विरुद्धको खोप उपलब्ध गराउनु पर्ने तथा बजारलाई सहज रुमपमा संचालनको सहि व्यवसास्थापन गराउनु पर्ने माँग सहित प्रमुख जिल्ला अधिकारी यादवलाई ज्ञापन पत्र बुझाए ।
निषेधाज्ञाका कारण दैनिक ज्यालादारी मजदुरी गर्ने वर्गलाई ठूलो क्षति पुगेको हुनाले उनीहरुलाई राहतको प्याकेज व्यवस्था गर्नु पर्ने, गौर भन्सारको मुख्य नाका सुचारु गर्नुपर्ने, व्यवसायीले लिएको ऋृणको ब्याज तिर्ने म्याद बढाउन तथा बैंकका सेवा शुल्क लगायतमा छुट पाउनु पर्ने उद्योगीहरुले ज्ञापन पत्र मार्फत माँग गरेको छ ।
भिसिटिएस लगायतका कामहरुमा पनि स्थानिय प्रशासनले सहजता प्रदान गर्नु पर्ने उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष पंडित प्रसाद जयसवालले बताए । बैंकहरुले ब्जाय बुझाउने म्याद कम्तीमा दुई महिनाको थप गर्दा आफूहरुलाई केही सहुलियत हुने उनले प्रमुख जिल्ला अधिकारी समक्ष आफना धारणा स्पष्ट रुपमा राखे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार