भन्सार छलीका लाखौं मूल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरीद्धारा बरामद

71 Shares
रौतहट, २८ साउन । अबैध रुपमा नेपाल भित्रयाइएका लत्ताकपडाहरु यात्रुबाहक बसमा राखेर काठमाडौं तर्फ जाने क्रममा शुक्रवार राति सशस्त्र प्रहरीले लाखौं मूल्य बराबरको कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गण रौतहटलाई प्राप्त भएको विशेष सुचनाको आधारमा गएराति साढे सात बजको समयमा गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत यमुनामाई गाउँपालिका ५ स्थित ईद्रिस गेटमा गौरबाट काठमाडौं तर्फ जाँदै गरेको ना.४ ख. ५१४४ नम्वरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा २१ लाख ६४ हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।
यात्रुबाहक बसको माथिको लाईट कम्पाटमेन्टमा स्क्रु खोली प्रत्येक होलमा फल्स बटममा लत्ताकपडाहरु लुकाई छिपाई अबैध रुपमा भन्सार छली गरेर नेपाल भित्रयाई काठमाडौं तर्फ जौने क्रममा सुराकीको आधारमा बरामद गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गणका एसपी माधव रेग्मीले जानकारी दिए ।
धादिङ्घ विनेघाट रोलाङ्घ गापा २ का २७ बर्षिय बस चालक राजकुमार लामा र रौतहट वृन्दावन नपा ७ का २१ बर्षिय सह चालक मिराज अन्सारीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि कपडा सहित गौर भन्सार कार्यालयमा दाखिला गराएको उनले भने ।
रातिको समयमा काठमाडौं तर्फ जाने बसको माथिल्लो भागमा लाइटको कम्पाटमेन्टमा भन्सार छलीका लाखौ मूल्यका कपडा बरामद हुनुबाट रौतहटमा तस्करीको पोल खोलिदिएको छ । विशेष सुराकीको आधारमा सशस्त्र प्रहरीले बरामद गर्नु सुखद पक्ष हो तर यस्तै कतिपटक कपडाहरु काठमाडौं भित्रयाईसकेको होलान ? भन्न सकिदैनन् । सीमा क्षेत्रबाट हुने अबैध गतिविधि माथि विना साँठगाँठको सुक्ष्म निगरानी राखेमा मात्रै तस्करी कार्यलाई न्यूनिकरण गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।