“सर्वसाधारणलाई सास्ती, तस्करलाई मस्ती” संरक्षणमा नै तस्करी संचालन कार्य भइरहेको श्रोतको दाबी

106 Shares

रौतहट, २९ साउन । रौतहटको भारत संग जोडिएका सीमानाकाबाट भन्सारको राजस्व छलेर दैनिक रुपमो लाखौंको मालसामानहरु तस्करीको माध्यमबाट भित्रिने गरेका छन् ।
सीमापारीबाट अबैध कारोवार गर्ने कारोवारीहरु संग सशस्त्र प्रहरीको विओपी र नेपाल प्रहरीको सीमा प्रहरी चौकीहरुको साँठगाँठमा भईरहेका हुन् ।
रौतहटको बंकुल, नरकटिया, लतमरी, लौतना, महुलिया, औरैया, बन्जरहा नाका भएर दिनहुँ लाखौं मूल्य बराबरको लत्ताकपडा, किराना सामान, हार्डवेयर, विडी बनाउने सुख्खा, कुखुरा, चल्ला, खैनी, लगायतका सामानहरु निर्वाध रुपमा आइरहदा सरकारी राजस्व चुहावट भईरहेको छ ।
उक्त अबैध कारोवार गर्ने रामपुर खापका वर्कत मिया, सागिर मियाले कपडा हार्डवेयर र सुख्खा ल्याउने गरेको छ । हरिकिसुन किसुन यादव भन्ने चतराले कपडा मौलापुर भएर, लखिन्द्र साह र नवल साह खैनी, अर्जुन सिंह कुखुरा, राजपुरको मुस्तुफा कपडा र चप्पल, मोतिम मिया कुखुरा, चल्ला नरकटिया भएर, निरज सिंह लक्ष्मिपुर ब्रम्हपुरी भएर भारतमा रक्सी, सुरेश यादव खाद्यान्न सामग्री नेपालबाट भारत तर्फ लैजाने गरेको श्रोतले दाबी गरे ।
यी अबैध कारोवार गर्नेहरुलाई रामपुर खाप स्थित सशस्त्र वेस क्याम्पका इन्चार्ज दशरथ अधिकारीले महिनावारी लिएर लाइन दिएको श्रोतले दाबी गर्दै सरमुजवा बेसका गणेश बोहरा र औरैयाका वेसका नवराज काफ्ले तथा त्यस भेगका नेपाल प्रहरीको युनिटको संरक्षणमा अबैध कारोवार जारी रहदा दैनिक लाखौंको राजस्व चुहावट हुदै आएका बताइएको छ ।
यी कारोवारहरु गौरको मुख्य नाका बाहेक पूर्व र पश्चिममा ठूलठूला लाइनहरु संचालनमा रहेको पाइन्छ तर गौरको मुख्य नाका भएर सर्वसाधारणहरु १ दखि ५ किलोग्राम सम्म ल्याउदा समातेर भन्सार कटाउनु पर्ने बाध्यता रहेपनि महिनाबारी बुझाउने कारोवारीहरु निर्धक्कका साथ जाने आउने गरेको हुँदा गौर नाकामा सर्वधारणलाई सास्ती तस्करलाई मस्ती भएको श्रोतले दाबी गरे ।
गौर नाका भएर भारतीय महिला किरनिया, सात सहेलिया, राधेश्याम साह, अमरेन्द्र जयसवाल सहित दर्जनौं कारोवारीहरु खाद्यान्न, किराना सामान, विस्कुट, चप्पल, लगायतका सामानहरु निर्वाध रुपमा ल्याउने गरेको तर आम मानिस अलिकति पनि ल्याउदा भन्सार तिरेर जानुपर्ने बाध्यता रहेको स्थानीयले सिमामा तैनाथ सुरक्षाकर्मीहरु माथि गम्भीर प्रश्न चिन्ह खडा गरेका छन् । सीमापारी एसएसबीले केही गर्दैन तर नेपाली सुरक्षाकर्मीहरुले विना रकमको जान नदिएको आक्रोश उनीहरुले पोखे ।

 


त्यती मात्रै नभई अहिले गौरको मुख्य नाका भएर परबल, गोलभेडा, कण्डा लगायतका हरियो तरकारीहरु भारत तर्फ गइरहेका छन् । भारत जान थालेपछि स्थानीय बजारमा परबल र गोलभेडाको मुल्य अकाशिदै गएका छन् ।
व्यापक तस्करी भईरहेको समाचार बाहिरदा बौधिमाई नगरपालिका ४ कोपाका २३ वर्षीय राकेश जयसवाल र परोहा नगरपालिका ७ नरकटियाका २१ वर्षीय करन पटेललाई भारतीय नम्बर प्लेट बिआर ५५–७४३३ र अर्को नम्बर नखुलेको मोटरसाइकलसहित लाखौँको तेल र चिनी सहित रौतहट प्रहरीले नियन्त्रणमा लिए।
यसैगरी शनिवार राति यमुनामाई गाउँपालिका ५ इद्रिस गेटमा सबारी चेकजाँच गर्ने क्रममा गौरबाट काठमाडौँ जाँदै गरेका ना ४ ख ५१४४ नम्बरको शान्ति डिलक्स रात्री बसबाट २१ लख ६४ हजार रुपैया बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरे । भारतबाट भन्सार राजस्व छलेर ल्याएका कपडाहरु राजधानी काठमाडौँ लैजान लागेको अवस्थामा भेटिएपछि प्रहरीले बसका चालक र सहचालकलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा दाखिला गरेको देखिन्छ । यत्रो ठूलो परिमाणमा कपडा, चिनी, तेल लगायतका सामान पक्राउ पर्नबाट रौतहटमा संगठित रुपमा तस्करी भईरहेको पुष्टि गरेका छन् ।
दैनिक रुपमा लाखौंको राजस्व चुहावट भईरहेको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरी संग यस विषयमा सोध्दा हामी निरन्तर रुपमा राजस्व छलीका सामानहरु बरामद गरिरहेका छौं मानिसहरु समातिरहेको बताए । हामी २४ औं घण्टा सिमा क्षेत्रमा सुक्ष्म निगरानी राखेर डिउटी परिचालन गरेका छौ, तस्करी नियन्त्रणको प्रयास जारी रहेको दाबी सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखले गर्दै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।