सर्ब साधारण बिमाधारीहरु एलआइसी नेपाल लिमिटेड प्रति चिन्तित बन्दै

117 Shares
रौतहट, ३० साउन । एलआइसी नेपाल लिमिटेडमा कार्यरत शाखा प्रबन्धक सहितका जिम्मेवार कर्मचारीद्वारा विमाधारीहरु संग विश्वासघात गरिरहेको पाइएका छन् ।
विमाधारीलाई जानकारी नै नगराई उसको खाताबाट रकम चलाउने काम गरिएको छ भने विमाधारीले लोन लिदा एलआइसी नेपाल लिमिटेडले उसको नाममा चेक बनाउनु पर्नेमा एलआइसी नेपालको नाममा चेक बनाएर नेपाल राष्ट्र बैंकको वित्तिय आर्थिक नियमको बर्खिलाप गरेर सम्बध पार्टीलाई दुख दिने कामहरुको यस तराई टपमा पटक पटक समाचार प्रकाशित हुँदै आएपछि विमाधारीको खाताबाट चलाएका रकम जम्मा गरेका हुन् ।
त्यती मात्रै नभई एलआइसी नेपाल लिमिटेडको प्रदेश कार्यालय र केन्द्रीय कार्यालयबाट छानविन समिति आएर रिपोर्ट लिएर गएका छन् जसलाई केही दिनमा सार्वजनिक गरिने छ ।
तराई टपमा समाचार प्रकाशित भएपछि, हालका दिनमा चौक, बजार तथा बिभिन्न ठाउमा एलआईसी नेपाल लिमिटेड प्रति विश्वास को वाताबरण सर्ब साधारण बिमाधारीमा  कम हुदै गएका छन् ।
एलआईसी नेपाल लिमिटेडले आफना अभिकर्तालाई सोचे भन्दा बढी सेवा शुलक र बिभिन्न खाले  नयाँ नयाँ उपहार दिदै  सर्बसाधारण जनताले मिहिनेत गरी पसिना बगाएर ल्याएका रकम एलआइसीमा जम्मा गरे पनि त्यस विमा कम्पनीले समयमा दिनु पर्ने सेवा  सुबिधा नदिदै झन्झटिलो प्रक्रिया र दिनमा हुने कम महिनौ लगाउने, महिना मा हुने कम बर्षौ लगाउने कारण ले गर्दा एलआईसी नेपाल लिमिटेडका बोनश दर सरदर ६६% बाट सरदर ३९% मा आउनु नै एलआइसी भित्रको गडबडीलाई पुष्टि गर्दछ ।
अभिकर्ता, शाखा प्रमुख, क्षेत्रीय प्रबन्धक, एलआइस नेपाल  लिमिटेडका निर्देशक, नेपाल  बिमा प्राधिकरण  लगायतको पहल कदमी, बिमधारीले पाउने सेवा  सुबिधा   सेवा सुबिधा  कम्पनिको हकमा नभई  घुमाउरो हिसावले गएको बुझिन्छ एक जना अभिकर्ताले आफनो नाम सार्वजनिक नगर्ने शर्तमा बताए । जसका केहि रहस्य गौर शाखा लगायत अन्य शाखा मा देखा परेका छन् ।
एलआइसी नेपाल लिमिटेड गौर शाखामा भएको कमिकमजोरीका विषयमा पहिला भएको थियो अहिले छैन, माथिल्लो निकायलाई अवगत भईसकेको छ भनेर गौर शाखाको प्रबन्धकले भने थिए ।
अन्य अभिकर्ताहरु संग कुरा गर्दा उनीहरुले पनि एलआइसीको बारेमा निकै गुनासो गरे । आफुले दिएका नगद, चेक सहमति पत्र बिना शाखा प्रमुख ले आफु अनुकुल अभिकर्ता को कोडमा र बिमा लेख मा प्रयोग गरेको पाएपछि सम्बन्धित शाखा प्रमुख ले ताकेता गर्दा  आजभोलि गर्दा गर्दै लगभग ३ बर्ष बितिसक्दा रकम चेक हाल समय फिर्ता न गरेका जानकारी ति अभिकर्ताले प्रमाण समेत उपलब्ध गराए ।
गौर नपा ६ का बिमाधारी शेख अब्दुल कलमको चार बर्ष मृत्यु भइसक्यो उसले पाउनुपर्ने विमाधारीको रकम समन्धित कार्यालय मै कागजात राखी एलआईसी नेपाल. का उदेशय बिपरित आश्रित परिवार ऋणीको जीवन बिताउनु को साथै ब्याज को चपेटामा परेर मानसिक रुपले तनाव खेप्दै आएको निजका छोरा मोहम्मद समसादले आरोप लगाए ।
अर्को एक जना नाम नबताउने शर्तमा ऋणीले बिमा लेख धितो राखी ऋण लिएका ऋण चुक्ता गरिसके पनि सो बिमा लेख प्रमाण फिर्ता माग्दा लगभग ४ महिना देखि पटक पटक कार्यालयमा धाइरहेको तर काम भएको छैनन् । सबै काम छोडेर सम्बन्धित अभिकर्ता र कार्यलय धाउन परेको र लिखित रुपमै निबेदन दिएपनि हाल सम्म उक्त कागजात प्राप्त नभएको गुनासो गरे ।
यस विषयमा एलआइसी नेपाल लिमिटेड केन्द्रीय कार्यालय काठमाडौंका सूचना अधिकारी सुदर्शन गिरीले गौर शाखाको बारेमा हामीलाई जानकारी प्राप्त भएपछि तत्कालै छानविन समिति गठन गरेर छानविन गराइएको छ । हामी शुन्य सहनशिल्ताको पक्षमा छौं दोषि जो कोही भएमा कारवाहीको दायरामा ल्याउने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।