why can't my laptop connect to zoom download zoom meeting versi terbaru zoom download webinar join.zoom.us download join a zoom meeting login - join a zoom meeting login zoom.com/download why is my zoom app not installing - why is my zoom app not installing

चाकु प्रहार गरी युवकको हत्या गरेको आरोपमा एक पक्राउ

   २३ असार २०७८, बुधबार १६:१७  

तराई टप संवाददाता
सर्लाही, २३ असार । सर्लाही जिल्लामा चाकु प्रहार गरेर हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको इश्वरपुर नगरपालिका ४ सागरनाथ बस्ने ५८ बर्षिय पालदोर्जे स्यांगतानले व्यक्तिगत रिसिइवीको कारण मंगलवार सोही स्थान बस्ने ३५ बर्षय सानु भन्ने कृष्णबहादुर स्यांगतानलाई चाकु प्रहर गरेर हत्या गरको आरोपमा पालदोर्जेलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
व्यक्तिगत रिसिइवीको कारण वादविवाद उत्पन्न भएपछि आवेशमा आएर युवक कृष्णबहादुर माथि दोर्जेले चाकुबाट प्रहार गरी गम्भीर घाईते बनाएका थिए । गम्भीर घाईतेको लालबन्दी स्थित मोडेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरी चौकी फुल्जोर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरी टोलीले आरोपी दोर्जेलाई गएराति नै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै