प्रधानमन्त्री मोदीले डब्लुएचओ प्रमुखलाई ‘तुलसी भाइ’ भन्दै स्वागत गरे

   ३२ श्रावण २०८०, बिहीबार १५:१७  

 

नयाँ दिल्ली, एजेन्सी । डब्लुएचओ प्रमुखलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मादीले ‘तुलसी भाइ’ भनेर स्वागत गरेको छ ।
प्रधानमन्त्री मोदीले ‘तुलसी भाइ’ भन्दै डब्लुएचओ प्रमुख संग डान्डिया डान्स गरेको भिडियो समेत सेयर गरेको हो ।
डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस गुजरात भ्रमणमा थिए, जहाँ उनी डान्डियामा नाचिरहेको देखिए । “मेरो असल साथी तुलसी भाइ नवरात्रिको लागि राम्रो सँग तयार हुनुहुन्छ ! भारतमा स्वागत छ,” प्रधानमन्त्री मोदीले X (ट्विटर) मा पोस्ट गरे ।
डब्ल्यूएचओ प्रमुखले गान्धीनगरमा दुई दिने परम्परागत चिकित्सा ग्लोबल समिटमा भाग लिन आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै