चिनियाँ नागरिकहरु माथि विश्व समुदाय माझ विश्वास गुम्दै

49 Shares

चिनियाँ नागरिकहरु माथि विश्व समुदायमा विश्वास गुम्दै गरेको एक रिपोर्टबाट खुलासा भएको छ ।
चिनियाँ नागरिकहरु विद्यार्थी, पर्यटक, कामदार भएको देखाउदै अन्य मुलुकमा जासुसी गर्ने गरेको पाइएको एक रिपोर्टले खुलासा गरेको हो ।
हालै पर्यटकको भेषमा रहेका चिनियाँ जासुसले अमेरिकाको अलास्कामा रहेको फोर्ट वायनराइट सैन्य आधारमा घुसपैठको असफल प्रयास गरेका थिए । उनीहरुको साथमा ड्रोन समेत रहेको रिपोर्टमा जनाइएको छ । उनीहरुले त्यहाँ राखेको उपकरणबाट संवेदनशील जानकारी हासिल गर्न सकिने अमेरिकी सेनाका पूर्ववरिष्ठ अधिकारी डेभिड डेम्टुलाले भने ।
त्यस्तै, केही समयअघि हङकङमा जारी चिनियाँ दमनबारे बेलायतको संसदीय समितिमा सुनुवाइ भइरहँदा एक जना चिनियाँ पर्यटक बैठक कक्षमा देखा परेका थिए । हङकङका मानव अधिकारवादी अभियन्ता फिन लाउले ती व्यक्ति चिनियाँ जासुस रहेको भनी दाबी गरेका थिए ।
त्यसैगरी, सन् २०११ मा भारतीय सैन्य शिविरको तस्वीर लिइरहँदा तीन जना चिनियाँ पर्यटकहरु पक्राउ परेका थिए । भारतीय अधिकारीले उनीहरु सँग वैद्य राहदानी र भिसा नभएको जनाएका थिए । अनुसन्धानबाट उनीहरु चिनियाँ प्रविधि कम्पनी हुवावेमा कार्यरत रहेको पाइएको थियो ।
सन् २०११ मा नै एक जना चिनियाँ महिलाले भारतीय सैन्य गतिविधि, रक्षा उपकरणको प्रयोग, विदेश नीति एवम् अन्य संवेदनशील सूचना चीन पठाउने गरेको खुलासा भएको थियो । चिङ शी नाम गरेकी ती महिलाले भारतमा दुई कम्पनी स्थापना गरी जासुसी गरेको भारतीय अधिकारीले आरोप लगाएका थिए ।
सन् २०२२ मा भारतमै जासुसीको आरोपमा सोङ सिआओलान नाम गरेका चिनियाँ पर्यटक पक्राउ परेका थिए । बोध गयामा पक्राउ परेका उनी जासुस रहेको र उनले तिब्बती धर्मगुरु दलाई लामाको सुरक्षामा जोखिम उत्पन्न गरेको भारतीय सुरक्षा अधिकारीको ठहर गरे ।
चीनले पर्यटकको रुपमा मात्रै नभएर विद्यार्थी र वैज्ञानिकहरुलाई पनि विदेशमा जासुसीका लागि प्रयोग गर्दै आएको पाइएको छ । हालै जर्मन आन्तरिक मामिला मन्त्री न्यान्सी फासेरले चिनियाँ वैज्ञानिकहरुले संवेदनशील सूचना प्राप्त गरेको प्रति चिन्ता जाहेर गरेकी थिइन् । त्यसबाहेक चिनियाँ जासुस र गुप्तचर अधिकारीहरुले अमेरिकी विश्वविद्यालयलाई पनि निशाना बनाइरहेको पाइएको छ ।
चीनले आफ्ना नागरिकलाई जासुसीका लागि प्रोत्साहन गर्दै आएको छ । चीनले जासुसी गर्नेलाई पुरस्कारको व्यवस्था समेत गरेको बताइन्छ । चीनले आफ्ना नागरिकलाई एक अर्का विरुद्ध जासुसी गर्न प्रोत्साहन गरेको भन्दै हालै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरले चिन्ता व्यक्त गरेका थिए ।
केही समयअघि बेलायतले संवेदनशील सूचनाको चुहावट र जासुसी रोक्न भन्दै ५० जना चिनियाँ विद्यार्थीलाई देशनिकाला गरेको थियो । त्यस्तै, अमेरिकाको इलेनोई इन्स्टिच्युट अफ टेक्नोलोजीमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरिरहेका जी चाओचुन नामक एक जना चिनियाँ विद्यार्थीलाई गोप्य जानकारी संकलन गरेको आरोपमा ८ वर्षको जेल सजाय सुनाइएको थियो ।
चीनले जासुसलाई विद्यार्थीका रुपमा परिचालन गरी प्रविधि चोरी गर्दै आएको अमेरिकी संघीय जाँचबुझ ब्युरो एफबीआईका निर्देशक क्रिस्टोफर रेले बताएका छन् । उनका अनुसार दीर्घकालका लागि अमेरिकाको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रमा चीनबाट सबैभन्दा ठूलो जोखिम रहँदै आएको छ । अमेरिकाको वाशिङ्टनमा रहेको सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस) को तथ्यांकअनुसार सन् २००० यता २२४ वटा सैन्य, राजनीतिक र व्यापारिक जासुसीका घटनामा चिनियाँ संलग्नता रहेको पाइएका छन् । पछिल्ला केही वर्ष यता चीनले ठूलो परिमाणमा आम नागरिकको व्यक्तिगत जानकारी चोरी गरेको सीएसआईएसले जनाएको छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।