zoom meeting app download pc 64 bit zoom cloud meeting app for pc online otc download zoom download us zoom zoom meeting app download free for pc - zoom meeting app download free for pc

गौरको नालामा धुनियाको शव फेला

   २५ असार २०७८, शुक्रबार १३:४७  

तराई टप संवाददाता
रौतहट, २५ असार । रौतहट सदरमुकाम गौर स्थित नालामा शुक्रवार एक पुरुष व्यक्तिको शब फेला परेको छ ।
गौर नगरपालिकाको वडा नम्बर ५ स्थित बाल मन्दिर आधारभुत विद्यालय नजिक रहेको नालामा आज विहान पुरुष शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेका थिए । बेवारिसे अबस्थामा फेला परेको शवको पहिचान गौर नगरपालिकाको वडा नम्बर ५ दोस्तिया टोलका अन्दाजी ५५ बर्षिय मुसलिया धुनियाको रुपमा भएको रौतहट प्रहरीको एसपी सिद्धिविक्रम शाहले बताए ।
विहान देखि वेलुकी सम्म रक्सी सेवन गर्ने व्यक्ति धुनिया गए राती रक्सि खाएर लडेपछि नालामा परेर उनको मृत्यु भएको हुन सक्ने आशंका एसपी शाहकले गर्दै त्यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडी सुरु गरेको र शवलाई पोष्र्टमार्टम गरी मृतक परिवारलाई शव शतगतको लागि जिम्मा लगाइएको जानकारी दिए ।
गौरमा अहिले डिभिजन शहरी विकासद्धारा सडक र नाला निर्माणको कार्य भईरहेको त्यसमा पनि नाला बनाएर छोप्ने ढक्कन नराख्दा धुनियाको चिप्लेर नालामा परी मृत्यु भएको बताइएको गौर बासीले आयोजना प्रति प्रश्न चिन्ह खडा गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै