श्रीराम सुगर मिल्स पूनः संचालनको माग गर्दै उद्योग मन्त्रीलाई ध्यानाकर्षण

87 Shares
रौतहट, २ भदौं । रौतहटको मध्यवर्ती क्षेत्र गरुडा नगरपालिकामा अवस्थित श्रीराम सुगर मिल्सले चर्चेको सम्पत्तीलाई व्यवस्थापन पक्षले विक्री गर्ने मनसायबाट गरिरहेका किसान विरोधी कार्यका विरुद्ध गरुडा चिनी मिल बचाउ संघर्ष समितिका संयोजकले उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको ध्यानाकर्षण गराए ।
२०४९ सालमा गरुडा क्षेत्रका किसानहरु चिनी मिल्स स्थापना एवं संचालनको लागि कौडीको मूल्यमा जग्गा दिएका थिए । जग्गा दिएपछि तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले चिनी मिल्स निर्माण हेतु शिलान्यास गरेका थिए । सुन्दर सपना देखेका गरुडाका किसानहरु मिल्सलाई आवश्यक्ता पर्ने भन्दा धेरै जग्गा दिएर अन्य उद्योग लगाउने भनिदा करिव ८० विगहा जग्गा कौडीको मूल्यमा दिएको गरुडा नगरपालिका वडा नम्वर ४ का पूर्व वडाध्यक्ष एवं गरुडा चिनी मिल बचाउ संघर्ष समितिका संयोजक चुनचुन साहले भने ।
श्रीराम सुगर मिल्समा विशाल ग्रुपको प्रवेश भएपछि यस्ता समस्याहरु देखा पर्न थाल्यो । कौडीको मूल्यमा लिएको जग्गा अबौंको सम्पत्ती भएको देख्दा विशाल ग्रुपले मिल्सलाई बन्द गरेर जग्गा विक्री गर्नमा लागि परेको उनले गम्भीर आरोप लगाए ।
हुनपनि त्यसै भयो २०७७ साउन ११ गते देखि लागु हुने गरी एउटा सूचना जारी गरेर मिल्स सधैको लागि बन्द भएको भन्यो । २०८० साल साउन ४ गते बैंकले उद्योग विक्री गर्ने सूचना प्रकाशन गरेर शिवशक्ति ग्रुपले लिलामी समेत सकार गरेपछि रौतहट, बारा, सर्लाही जिल्लाका हजारौं हजार किसानहरुको धरोहरलाई व्यवस्थापन पक्षले बेवास्ता गर्दै मिल्स उठाउने निर्णय विरुद्ध पूर्व वडाध्यक्ष सहित स्थानीयले गरुडा चिनी मिल बचाउ संघर्ष समिति गठन गरेर नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रीलाई काठमाडौंमा भेटी चार सुत्रिय मागहरु राख्दै ध्यानाकर्षण गराए ।
अप्रत्याशित रुपमा गरिएका टेण्डर प्रक्रिया तत्काल रद्द गर, उद्योग संचालनमा राज्य पक्षबाट आवश्यक समन्वय एवं सहयोग गरी संचालन गराउनु पर्ने, उद्योगको नाम स्वामित्वमा रहेको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने तथा उद्योगलाई धारासायी बनाउने कर्मचारी तथा दलालहरुलाई छानविन गरी यथाशिघ्र कारवाही गर्नुपर्ने माग राख्दै उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री संग भेटर ध्यानाकर्षण गराएको संघर्ष समितिका संयोजक चुनचुन साहले बताए ।
गरुडा चिनी मिल बचाउ संघर्ष समितिका संयोजक साहका अनुसार किसानहरुको न्यायोचित मागहरुलाई कुनै पनि किन्तु परन्तुको बहानामा नजरअन्दाज गर्ने दुष्प्रयास भए यहाँका किसान र जनताहरु बाध्य भएर कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।