चिनी मिल्सलाई जोगाउन गरुडामा वृहद किसान भेला सम्पन्न

61 Shares
रौतहट, २ भदौं । श्रीराम सुगर मिल्स लिमिटेडलाई अनाधिकृत रुपमा यहाँबाट अन्यत्र सार्ने षड्यन्त्रको पर्दाफास गर्दै उखु उत्पादक संघ रौतहटद्वारा वृहद किसान भेलाको शनिवार रौतहटको गरुडामा आयोजना गरियो ।
सुगर मिल्स लिमिटेडलाई यथास्थान मै सचालन गर्नु पर्ने माग गर्दै गरुडामा वृहद किसान सभा भएका हुन् ।
सो सभालाई सम्बोधन गर्दै सबै राजनैनिक दलका  नेताले कुनै पनि हालतमा यहाँ बाट मिललाई अन्यत्र जान नदिने अडान लिए । मिल्सका संचालक समितिले मिलको मेसिन लिलाम गरेपछि किसान आन्दोलित भएका छन् । रौतहटमा ठुलो उद्योगको रुपमा रहेको एकमात्र श्रीराम सुगर मिल्स लिमिटेड गरुडाको मेसिन बिक्री गरी जग्गा पल्टिड्ग गरेर महगो मुल्यमा जग्गा वेच्ने दाउमा रहेको आरोप नेताहरुले लगाए ।
उद्योगलाई संरक्षण गरेर गरुडामा आयोजित सभाका प्रमुख अतिथि तथा नेपाली काँग्रेसबाट संघिय सांसद देवप्रसाद तिमलसिनाले सबै राजनिति दलले  मिलेर उद्योग बचाउन नसके स्व. गिरिजाप्रसाद प्रसाद कोईरालाको आत्माले सरापने बताए ।
तत्कालीन मन्त्री स्वर्गीय शेख ईद्रिसको अनुरोघमा गिरिजाबाबुले रौतहटमा ठुलो उद्योगको नाममा श्रीराम सुगर मिल्स स्थापना गराए । स्वंय गिरजाबाबुले उदघाटन गर्नु भएको यो उद्योग यहि सञ्चालनमा पुनः आउने प्रतिवद्वता समेत उनले गरे । जनता भन्दा ठुलो किसान भन्दा ठुलो कानुन हुदैन भन्दै यो उद्योग को भुमि उद्योग संचालन मै प्रयोग हुन्छ । यसलाई बेचेर खर्बपति हुने सपना त्यागन मिल सञ्चालकलाई सचेत समेत गराए ।
संघिय सांसद किरण साहले सदन सडक दुबै ठाउमा संघर्ष गर्न तयार रहेको बताए । यो उद्योग सबै किसानको मुटुको रुपमा रहेको सासद साहले बताए । कसैलाई प्रलोभनमा नपर्न आग्रह समेत गरे । मधेसको साथ सरकारले विभेद गरेको आरोप लगाए । मन्त्रीलाई पैसा दिएर उद्योग माथि गिद्धे नजर चिनिमिलमा लगाएका हुँदा यहाँ स्थानीयहरुले निगरानी तथा खबरदारी गर्नुपर्ने बताए । श्रीराम सुगर मिल्सलाई यथास्थानमा नै संचालनमा ल्याउनका लागि आफू सदनमा खबरदारी गर्न तयार रहेको प्रतिवद्वता सासद साहले गरेका छन ।
नेकपा एसका स्थायी कमिटी सदस्य पुर्वमन्त्री डा.वंशीधर मिश्रले चिनिमिललाई बचाउन संघर्षको अलावा कुनै उपाय नरहेको सुझाव दिए । नेकपा एसका स्थायी कमिटी सदस्य पुर्व सासद रामकुमार भट्टाराईले उद्योग नास गरेर ८० विगहा  जग्गा पल्टिड्ग गरी बेच्ने सपना देखेका गोल्छा समुहको सपना पूरा नहुने चेतावनी दिए ।
किसान उद्योग सञ्चालनका लागि जग्गा दिएको हो । उद्योग यहाबाट गएपनि यो जग्गा नेपाल सरकारको भई जाने उनले दाबी गरे । कुनै पनि हालतमा मिललाई रोक्नु पर्ने बताए ।  श्रीराम सुगर मिल्स लिमिटेडको लिलामी रोक्न गरुडाको मधेश प्रदेश सरकारका मन्त्री अवदुल कलाम अजाद फुलबाबुले किसानको अवाजलाई सरकारले दवाउन सकदैन  भोट लिन मात्र प्रधानमन्त्रीको मधेस संग लभ भएको थियो भनेर प्रश्न समेत गरे  । मधेस प्रदेश संग भेदभाव किन ? किसानले गरेको योगदानको कदर गर्न समेत नेपाल सरकारलाई उनले अनुरोध गरेका छन । मधेश प्रदेशका सासद सुनिल कुमार यादव जितेन्द्रले सरकारले उद्योगलाई अनुदान दिएर पनि मिल सञ्चालनमा ल्याउन भुमिका खेल्नु पर्ने सुझाव दिए । गठबन्धनको सरकारमा सहभागी भएका हामीले नै अवाज उठाई रहेको बताए । पुर्व मन्त्री योगेन्द्र यादब, गरुडा नगर प्रमुख कन्तमणि प्रसाद जयसवाल, वौधिमाई नगरप्रमुख प्रदिप कुमार यादव, वृन्दावन नगर प्रमुख  विनोद पटेल, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव, सहितका विभिन्न राजनीतिक दलका नेताहरु, स्थानीय बासिन्दाहरु, व्यापारी, समाजका लब्धप्रतिष्ठीत व्यक्तिहरुको उपस्थितिमा वृहद किसान भेला सम्पन्न भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवले जानकारी दिए ।
उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवको अध्यक्षतामा वृहद किसान भेला भव्यताका साथ सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।