download zoom microsoft download zoom para pc zoom install for windows 10 laptop - zoom install for windows 10 laptop zoom download softonic zoom download latest version 2022

तस्करीको काठ सहित साइकल बरामद

   २५ असार २०७८, शुक्रबार १३:४९  

 

रौतहट, २५ असार । रौतहटको रामलाल बृन्दावन साझेदारी वनबाट सालको गोलीया सहित साइकल वन गस्ति टोलीले बरामद गरेको छ ।
विहिबार साँझ रामलाल वृन्दावन साझेदारी वन क्षेत्रबाट तस्करीहरुले साइकलमा सालको गोली राखेर तस्करी गर्न लागेको विशेष सुचनाको आधारमा वन अधिकृत सोनफी पासवनाको कमाण्डमा गएको सशसत्र वन रक्षक टोलीले २ थान सालको गोलिया ११.०२ क्युफिट बरामद गरेको जमदार कुञ्ज प्रकाश बन्ठाले बताए ।
तस्करहरुले साइकलमा काठ लोड गरी चादी खोला हुदै चेतनगर गाउ तर्फ लैजाने क्रममा वन गस्ति टोलीले घेरा हालेर पक्राउ गर्न खोज्दा काठ तस्करहरु काठ र साइकल छाडेर फरार भए । बेवारिसे अवस्थामा बरामद भएको काठ सहित साइकललाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रपुरमा राखिएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै