चन्द्रपुरमा स्वयंम सेवक शिक्षकको परिक्षा सम्पन्न

74 Shares
रमेश तिमलसिना
चन्द्रपुर, २ भदौं । चन्द्रपुर नगरपालिकाद्वारा पहिलो चरणको स्वयंम सेवक शिक्षकको परिक्षा शनिवार सम्पन्न भएको छ ।
नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा रिक्त रहेका शिक्षकहरुको स्थानमा स्वयंसेवक तथा करारमा शिक्षक छनौट गरी व्यवस्थित रुपमा गुणस्तरिय शिक्षा दिने उद्देश्यका साथ चन्द्रपुर नगरपालिकाद्धारा आज पहिलो चरणको स्वयंम सेवक शिक्षकको परिक्षा लिएको हो ।
स्वयंसेवक शिक्षक तथा करार शिक्षक र कर्मचारी छनौट सम्बन्धी कार्यविधि २०८०“ बमोजिम यस नगरपालिकाबाट विनियोजित बजेट अनुरुप शिक्षकहरुको माग गरिएको शिक्षकहरुको परिक्षा आज सम्पन्न भएको बताइएको छ ।
सम्पन्न पहिलो चरणको परिक्षामा माबि तहमा १२ जना, निमाबि तहमा ६८ जना र प्राबि तहमा २ सय १२ जना परिक्षार्थीहरु सहभागी भएको चन्द्रपुर नगरपालिकाका नगर शिक्षा अधिकारी कृष्णप्रसाद सिग्देलले जानकारी दिए । स्वयंम सेवक शिक्षकको लागी चन्द्रपुर नगरपालिकाले माबि, निमाबि र प्राबिका ३०१ जनाको आवेदन स्वकृत भएका थिए ।  माध्यमिक तहमा १३ जनाको माग गरिएकोमा १२ जनाको मात्र आवेदन स्वकृती भएको थियो जसमा १२ जना नै पहिलो चरणको परिक्षामा समेल भएको उनले बताए ।
निम्न माध्यमिक तहमा २१ जनाको माग गरिएकोमा ७० जनाको आवेदन स्वकृती भएको थियो जसमा ६८ जनाले परिक्षमा सहभागिता जनाएको नगर शिक्षा अधिकारी सिग्देलले भने । प्रथामिक तहमा ३० जना शिक्षकको माग गरिएकोमा २१९ जनाको आवेदन स्वकृती भएको जसमा २ सय १२ जना परिक्षार्थी परिक्षामा सहभागी भएको उनले जानकारी दिए ।
चन्द्रपुर नगरपालिकामा शैक्षिक सुधारमा गुणस्तरियता ल्याउनको लागि यो पहिलो कदम अनुसार नै शिक्षक भर्ना गर्न थालिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले बताए । गत साउन ८ गतेको स्वीकृत स्वयंसेवक शिक्षक कोटामा नगर शिक्षा समितिको निर्णयानुसार सो संख्यामा शिक्षक माग गरिएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख काफलेले बताए  ।
शिक्षा क्षेत्रमा बिकाशको लागि बोलेर हैन काम गरेर देखाउने अभियानमा आफु लागेको नगर प्रमुख काफलेले भने । चन्द्रपुर नगर क्षेत्रभरीका बिद्यालयहरुमा शिक्षकको अभाव नहोस भन्ने उद्देश्यबाट नगरपालिका आफलैले शिक्षक भर्ना गर्ने निर्णय गरेको नगर प्रमुख काफलेले स्पष्ट पारे ।
चन्द्रपुर नगर क्षेत्रको शैक्षिक गुणस्तर उकास्नका लागी यो कार्यको थालनी गरिएकोमा आउदो समयमा नगरको शिक्षा क्षेत्रमा देखिने किसिमको परिर्वतन आउने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।