आठ चिनियाँ गोदाममा सिआईबीको छापा

53 Shares

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले करिब सय केजी सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका थप गोदाम पत्ता लगाएर छापा मारेको छ ।
प्रहरीले चप्पल कारखाना, बाँसबारी, सामाखुसी लगायत स्थानमा चिनियाँ नागरिकले भाडामा लिएका घरमा छापा मारेको हो ।
उक्त गोदाममा पनि सुन लुकाउन प्रयोग भएका थप सामान भने बरामद भएका छन् । साथै चिनियाँलाई सहयोग गर्ने केही नेपालीलाई पनि नियन्त्रणमा लिएर सिआइबीले सोधपुछ गरिरहेको बताइएको छ ।
केही दिनयता कम्तीमा थप पाँच गोदाममा छापा मारिएको, तर सुन भने बरामद हुन नसकेको सिआइबी स्रोत बताउँछ । तर, ती घर पनि तस्करीको सुन लुकाउन प्रयोग हुँदै आएको पुष्टि भएको छ । ती ठाउँबाट सुन लुकाउन प्रयोग भएका ब्रेक सु लगायत सामान बरामद भएको छ । साथै, चिनियाँका कम्तीमा चार नेपाली सहयोगी पक्राउ परेको स्रोत बताउँछ । ‘तर, तस्करीमा उनीहरूको प्रत्यक्ष संलग्नता नदेखिएकाले उनीहरूलाई म्याद थप गरेका छैनौँ,’ सिआइबीका एक अधिकारीले भने ।
राजस्व अनुसन्धान विभागले यसअघि गरेको अनुसन्धानमा काठमाडौंमा चिनियाँका ८ स्थानको पत्ता लगाएको थियो । ठमेल, सोह्रखुट्टे, लाजिम्पाट, कपुरधारा, पानीपोखरी, टोखा र धुम्बाराहीमा चिनियाँले खडा गरेको गोदाम तथा निवासका लागि भाडामा लिएका घरहरू पत्ता लागेको थियो । सिआइबीले उनीहरूको थप गोदाम फेला पारे पनि थप व्यक्तिलाई भने अझै पक्राउ गर्न सकेको छैनन ।
सिआइबीले यो घटनाको अनुसन्धान थालेको एक साता भइसकेको छ । यसक्रममा तस्करीमा प्रत्यक्ष संलग्न देखिएका कोही पनि पक्राउ परेका छैनन् । तर, तस्करी समूहबारे थप महत्वपूर्ण सूचनाहरू भने संकलन भएको सिआइबीका अधिकारीको दाबी छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायत शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने, सोध्ने तथा छापा हान्ने काम अनुसन्धानको नियमित प्रक्रिया नै भएको बताउँछन् । ‘सिआइबीले अभियुक्तहरूको पुनः बयान लिने र शंकास्पदहरू माथि सोधपुछ गरिरहेको छ,’ उनी भन्छन्, ‘राजस्व र हाम्रो अनुसन्धान शैली फरक हुने भएकाले कतिपय कागजपत्र मिलाउने काम पनि भइरहेको छ ।’ १८ जना पक्राउ परेकामा राजस्व अनुसन्धान विभागले उनीहरूको बयान लिइसकेको थियो । सिआइबीले फेरि उनीहरूको बयान लिएको थियो ।
गत साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब सय केजी सुन तस्करीमा संगठित र अन्तरदेशीय समूहको संलग्नता देखिएपछि सरकारले यसको अनुसन्धानको जिम्मा सिआइबीलाई दिएको हो । एक साताको अवधिमा उसले अनुसन्धानमा ठूलो प्रगति देखाएको छैनन । अनुसन्धान सुरु बिन्दुबाटै गरिएको हुँदा परिणाम आउन समय लाग्ने नेपाल प्रहरीका प्रवक्ता कडायत बताउँछन् ।
उनले भने, ‘अनुसन्धान सुरु बिन्दुबाटै गरिएको छ । अहिले कागजात अध्ययनका काम भइरहेका छन् । घटनामा संलग्न अभियुक्तसँग घटनाको ‘नेक्सस’ पहिल्याउने काम हुँदै छ । केही अभियुक्तलाई विभागले पक्राउ गरेको छ । घटनासँग लिंक देखिएका उनीहरूसँग बयान लिने काम हुँदै छ । परिणाम देखिन केही समय लाग्नेछ ।’
विभाग र प्रहरीको अनुसन्धान प्रक्रिया नै फरक रहेको हुँदा घटनाको सुरुवाती बिन्दुबाटै अनुसन्धान प्रक्रिया थालिएको उनको भनाइ छ । कडायत भन्छन्, ‘विभाग र प्रहरीको अनुसन्धान शैली नै फरक छ । त्यसो हुँदा घटनाको अनुसन्धान सुरुवाती बिन्दुबाटै सुरु गरिएको हो । यद्यपि, उहाँहरूले हामीकहाँ बुझाएको कागजातबारे भने अध्ययन भइरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।