विदेशी नागरिक नेपालमा बसेर राजनीतिक साँठगाँठको आधारमा नेपाली नागरिकताको साथै पासपोर्ट बनाएर संगठित रुपमा अपराधिक कार्यमा संलग्न रहेको पाइएपछि नेपालको लागि ठूलो चिन्ताको बिषय बनेका छन् ।
खास गरेर उत्तर छिमेकी देश चीनका नागरिकहरु नेपालमा आएर राजनीतिक संरक्षणमा नेपाली नागरिकताको साथै पासपोर्ट बनाई अपराधमा संलग्न रहदा सिंगो नेपालनै अहिले उच्च जोखिममा पर्दै गएको र जसबाट अन्तरराष्ट्रिय जगतमा जगहसाईको पात्र नेपाल बन्न पुगेका हुन् ।
नेपालमा लामो समयदेखि बसेर सुन तस्करीमा संलग्न भएका चिनियाँ गिरोहसँग नेपाली नागरिकता र पासपोर्ट भेटिएको विषय अहिले सर्वत्र चर्चाको विषय बन्दै चिन्ता थपिदै गएको छ ।
चिनियाँ नागरिकहरु सन् २०२१ र २२ मा नेपाली नागरिकता र राहदानी लिएको खुलेको छ । चारजनाले काभ्रेबाट तथा एकजनाले काठमाडौंबाट नागरिकता तथा पासपोर्ट बनाएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले बताए ।
उनीहरूसँग चिनियाँ पासपोर्ट पनि छ, नेपाली पासपोर्ट पनि भेटिएको छ । ली नेनकाईले सोनाम लामाको नाममा र डिङ सी फाले राम लामाको नाममा काभ्रेबाट नागरिकता लिएका छन् । तियान मी र वेन तोङसँग पनि काभ्रेबाट जारी भएको नागरिकता भेटिएको छ । त्यसैका आधारमा उनीहरूले पासपोर्टसमेत लिइसकेका थिए । ली वेनले भने जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको सिआइबीले जनाएको छ ।
गिरोहका नाइके मध्येका एक दावा तामाङले पनि काभ्रेबाटै निमा तामाङको नाममा नागरिकता र पासपोर्ट बनाएको यसअघि नै पुष्टि भइसकेको छ । जसमा प्रहरीले एक वर्षअघि नै छानबिन गरे पनि राजनीतिक संरक्षण एवं सत्ताको साँठगाँठमा त्यस माथि कुनै कारबाही नगरेको पाइएको छ ।
नेपाली महिलासँग बिहे गरी ठमेलमा होटेल चलाउँदै आएका दावासँग बेल्जियमको समेत पासपोर्ट रहेको पुष्टि भएको छ । पक्राउ परेकामध्ये थुप्तेन छिरिङ र याओ पुसिङसँग भारतीय आधारकार्ड भेटिएको छ ।
चिनियाँले नेपाली राहदानी र नागरिकता लिएको विषयमा सीआईबीले थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउने तयारी गरेको छ ।
हङकङ हुँदै नेपालमा आएको साढे ६० केजी सुन साउन ३ गते बरामद भएको थियो । सुन प्रकरणका मुख्य नाइके भनिएका यो पुचेङलाई बिहीबार साँझ सिंहदरबार क्षेत्रबाट सीआईबीले पक्राउ गरेको छ । यस्तै बिहीबार साँझ नै ली वेङ सुङलाई पनि प्रहरीले लैनचौरबाट पक्राउ गरिसकेको छ ।
राजस्व अनुसन्धान विभागले पनि सुन ल्याउने चिनियाँ गिरोहका मुख्य नाइके उनीहरु ६ जना रहेको जनाएको छ । यस्तै प्रहरीले बुधबार काठमाडौंबाटै सुन तस्करी प्रकरणमा चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा टियान पिङ, वेन टोङ, डियाङ से फा र ली नेङ्गकाई थिए । पक्राउ मध्ये पिङ महिला र अन्य तीन पुरुष थिए ।
हङकङ हुँदै आएको सुन तस्करी प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन् । यसअघि त्यस प्रकरणमा अनुसन्धान गरेको राजस्व अनुसन्धान विभागले पक्राउ परेका १८ मध्ये १७ जनालाई सीआईबीको जिम्मा लगाएको थियो । जसमा एकजना भने छुटिसकेका छन् ।
राजस्वले फाइल बुझाएर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरु विरुद्ध संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
सुन प्रकरणमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई सुरुमा पक्राउ परेका थिए ।
त्यस्तै तिब्बतीमूलका भारतीय नागरिक थुप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट, भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाल पक्राउ परेका थिए ।
तस्करीको सुन भन्सार पास गर्न सहयोग गरेको भन्दै भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पक्राउ परेको छ । त्यसपछि सीआईबीले आफ्नो अनुसन्धानको सुई चिनियाँ नगारिक तिर घुमाएको हो । सीआईबीले दावा बाहेक ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन