zoom app windows 10 download free holistic coms zoom us download zoom install for windows 10 download hacked zoom app download zoom meeting free download latest version

बाइक चोरीमा राजनितिकर्मीको छोरा संलग्न, २ लाख १० हजार जरिवाना

   २५ असार २०७८, शुक्रबार १७:२०  

रौतहट, २५ असार । मोटरसाइक चोरी गरेको आरोपमा पक्राउ परेका राजनितिकर्मीलाई जरिवाना गरेर छाडिएको छ ।
रौतहट जिल्लाको गढिमाई नगरपालिकाको मेयर पदमा उम्मेवारी दिएका वडा नम्वर ८ विनगरा टोल घर भएका नेकपा एमाले माधव समुहका हरिनारायण यादवको छोरा प्रमोद भन्ने बजरंगी यादवले आफनै छिमेकी राजमंगल राय यादवको घरको हाता भित्र पाकिंग गरिउको अवस्थामा ना.४७प. ४८१५ नम्वरको कालो रंगको पल्सर मोटरसाइकल सोमवार चारी गरेर लगेको आरोपमा निजलाई प्रहरीले पक्राउ गरेका थिए ।
छिमकी संगको व्यक्तिगत रिसिइवीको कारण सोमवार राति मोटरसाइकल चोरी गरेको आरोप वजरंगी माथि लागेको थियो । मोटरसाइकल चोरी भएपछि पिडित पक्षले बुधवार वजरंगीको विरुद्ध प्रहरी चौकी बरियारपुरमा निवेदन दर्ता गराए । निवेदनको अधारमा प्रहरीले वजरंगीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दा व्यक्तिगत रिसिइवीको कारण मोटरसाइकल लगेको स्वीकार गरेको श्रोतबाट बुझिएको छ ।
राजनितिकर्मीको छोरा मोटरसाइकल चोरीको आरोपमा पक्राउ पर्दा गाउँमा इज्जत प्रतिष्ठा गुम्छ भन्दै प्रहरी चौकी वरियारपुरमा केही स्थानीयको भेला गराएर पिडित पक्ष संग क्षमायाचना माग्दै विहिवार २ लाख १० हजार जरिवाना तिरेर उनलाई छाडिएको ति श्रोतले दाबी गरे । चोरीको आरोपमा पक्राउ परेका वजरंगी नेकपा एमाले माधव समुहको युवा संघको केन्द्रीय सदस्य रहेको समेत बताइएको छ ।
मोटरसाइकल चोरी गरेको आरोप लागेका व्यक्तिलाई कानुनी कारवाही गर्नुको साटो मिलापत्र गराएर दण्डजरिवाना गर्नुबाट चोरी गर्नेहरुको मनाबल बढ्दै जाने तथा निमुखालाई कानुन लाग्ने तर राजनिति गर्नेलाई कानुन लाग्दै यो कस्तो न्याय प्रणालीको सुरुआत हुदैछ भने प्रश्न प्रहरी माथि तेश्रिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै