रौतहटमा तस्करी चरम उत्कर्षमा, सम्बध निकाय मौन

97 Shares
रौतहट, ४ भदौं । सरकारी राजस्वको ढुकुटीको साटो व्यक्तिगत खल्ति भर्नमा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु पाइएको पोल खुलेका छन् ।
रौतहटको भारत संग जोडिएका ३२ किलोमिटरमा सशस्त्र प्रहरीको पाँच वटा बेस क्याम्प र नेपाल प्रहरीको १० वटा नेपाल प्रहरीको सीमा प्रहरी चौकी रहेपनि दैनिक रुपमा लाखौं मूल्य बराबरको मालसामानहरु निर्वाध रुपमा नेपाल भित्रने गरेका हुन् ।
घत लाग्दो के छ भने सरकारी राजस्वको ढुकुटीलाई सुख्खा बनाउदै सीमामा खटिएका सुरक्षाकर्मीहरु व्यक्तिगत खल्ति वृद्धि गर्नमा लागेको पोल खुलेको छ । अबैध कारोवार गर्ने कारोवारीहरुले महिनावारी रुपमा रकम दिएवापत निर्वाध रुपमा मालसामानहरु विना रोकटोक ओसार्नमा दिरभरी रातभरी व्यस्त रहने गरेका छन् ।
तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरीका प्रमुख भने तस्करी भएको नपत्याएको तर व्यापक मात्रामा तस्करी मौलाएको देखिएकोले रौतहटमा पत्याउनै नसक्ने तस्करी भइरहेको पुष्टि भएको छ ।
जिल्लाको महादेवपटी, बन्जरहा, औरैया, मठिया, जयनगर, रामपुरखाप, नरकटिया नाका हुँदै खुलेआम तस्करी भइरहेको छ । पछिल्लो केही दिनदेखि बंकुल नाकाबाट भने निर्वाध तस्करी भइरहेको देखिएको छ ।
नेपाल सरकारले आलु र प्याजमा पनि भ्याट लगाएपछि भारतको विभिन्न नाका हुँदै अवैध तस्करीको व्यवसाय फस्टाएको हो । भन्सारमा क्वारेन्टाइन नभए पनि भारतबाट आएको फलफूलको भन्सारसमेत भन्सार कार्यालय राजस्व उठाउने गरेको पाइएको छ । यसले गर्दा पनि तस्करी मौलाउन सहज भएको देखिएको छ ।
महुलिया नाकामा खटिएको सशस्त्र प्रहरीले तस्करी गर्नेहरुसित पैसा असुल गरेको आरोप स्थानीयले लगाउने गरेका छन् । नरकटिया र बंकुलको बिचमा पर्ने वशिष्ट चौक नाका भएर तस्करीको सामान निर्वाध आउने गरेको छ ।
श्रोतका अनुसार गौरको मुख्य नाका भएर फलफुल, आलुप्याज भारतबाट ल्याउदा भन्सार तिर्नु परेको तर महिनावारी दिने मुकेश साह, राधेश्याम साह, अमरेन्द्र जयसवाल, किरनिया, चप्पलवालीको छोरा सहितका दर्जनौं कारोवारीहरुले महिनावारी रकम बुझाउदा उनीहरु निर्वाध रुपमा आवतजावत गर्ने गरेका छन् ।
त्यती मात्रै नभई हिजो लक्ष्मिपुर बेलविछवा सशस्त्र बेस क्याम्पबाट गाउँभरीमा रहेका कारोवारीहरुको घरघरमा गएर एक साता सम्म सामान नल्याउनु यदी ल्याएमा समातिदा आफूलाई दोषि नलाउनु जस्ता कुरा श्रोतले बताए ।
सशस्त्र प्रहरीका घुमुवा सशस्त्र सहायक निरीक्षक अनिल सिंहले विओपी देखि लिएर जिल्ला र बाहिनीलाई मिलाएर तस्करी गराउदै आएको श्रोतले दाबी गरेका छन् । नेपाल प्रहरीका घुमुवा वारे अर्को समाचारमा नाम उपलब्ध गराउने श्रोतले तराई टपलाई जानकारी गराए ।
तस्करी भइरहेको र पैसा लिएको तस्वीर फिचर ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।