जग्गाको विवादमा ठूलो मानविय क्षति हुनबाट जोगाए रौतहट प्रहरीले

   २५ असार २०७८, शुक्रबार १७:३५  

तराई टप संवाददाता
रौतहट, २५ असार । रौतहट प्रहरीको सुझबुझ एवं सैयमताको कारण ठूलो मानविय क्षति हुनबाट जोगिएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ८ बस्तीपुर टोलमा विहिवार राति १० बजे को समयमा उत्पन्न दुई पक्षको विवादमा गाउँलेहरु उग्र भएर भएको दोहोरो झड्पलाई प्रहरीको सुझबुझ एवं संयमतापूर्वक विहान ४ बजे तनावलाई नियन्त्रणमा लिइएको हो ।
जग्गाको विषयमा झड्प उग्र रुप लिदै जाँदा तिन वटा मोटरसाइलकमा मानिसहरु भाग्न सफल भएपनि अन्यको ६ वटा मोटरसाइकल र १ स्कुटी गरेर ७ वटा सवारी साधनमा गाउँलेहरुद्धारा आगजनी गराएर ध्वस्त बनाएपछि अवस्था अत्यन्तै तनावपूर्व बन्यो । घटनाको जानकारी प्राप्त हुनासाथ इप्रका चन्द्रपुरबाट प्रहरी टोली घटनास्थलमा पुग्दा पनि नियन्त्रणमा आउन नसक्दा रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाह आफै घटनास्थल बस्तीपुरमा प्रहरी टोली लिएर गौरबाट पुगेपछि थप क्षति हुन दिएन ।
उक्त गाउँका साना साना बालबालिका, महिला एवं पुरुषहरु चौधरीको घर तोडफोड गर्न लाग्दा एसपी शाहले निकै सम्झाई बुझाई गरेपछि पछि हटेका थिए । तर तनाव रातभरी कामयै थियो । रातिको समयमा बल प्रयोग गर्दा ठूलो मानविय क्षति हुने थिए तर समझदारीका साथ प्रहरीले काम गर्दा ठूलो घटना हुनबाट जोगिएको एसपी शाहले भने । झड्पको क्रममा दुवै पक्ष गरी १० जना व्यक्ति घाईते भए ।
श्रीराम पक्षका चन्द्रपुर ६ मोतियाहीका दिलिप चौधरी, जुडिवेलाका आकाश चौधरी, जयनारायण चौधरी र दिपनारायण चौधरी तथा गाउँलेहरु पक्षका मिथुन चौधरी, विनय चौधरी, अगम चौधरी, विक्रम चौधरी, विरेन्द्र सहनी र भैरव चौधरी गरी १० घाईतेहरुको चन्द्रपुर स्थित विभिन्न अस्पतालमा प्रहरीको निगरानीमा उपचार भईरहेको एसपी शाहले जानकारी दिए ।
बस्तिपुर टोल बस्ने श्रीराम चौधरीले १ विगहा १८ कत्ठा जग्गा आफनो नाममा कायम गराएर विक्री गरेको आरोपमा बस्तीपुरका सम्पूर्ण चौधरी समुदाय सहितको गाउँलेहरु संग पटक पटक विवाद हुँदै आएका थिए । चौधरी समुदायको अनुसार उक्त जग्गा पहिला सार्वजनिक थिए तर विभिन्न जाल झेल गरेर श्रीरामले आफनो हकभोग कायम गराई विक्री गरिसकेको भएपनि लेखत बदर गराएर सार्वजनिक जग्गामा परिणत गर्न चौधरी समुदायको सामुहिक छलफल भए, गाउँमा ८ बजेपछि बाहिरी गाउँको मानिस नबोलाउने समेत सहमती भएका थिए उक्त सहमतीका विपरित श्ररिामले बाहिरी गाउँबाट मानिसहरु बोलाएर जाँडरक्सीको भोज गर्दा रातिको घटना भएको बुझिएको छ । त्यती मात्रै नभई चौधरी समुदायले श्रीरामको परिवारलाई सार्वजनिक रुपमा वहिष्कार गरे ।
उक्त समुहदाय सहितका गाउँलेहरु विहिवार सामुहिक भोजको आयोजना गरे । बंगुर, कुखुरा, हाँस, खसी काटेर मदिरा सेवन गरी भोजभतेर गरेको देख्दा राति ८ बजेको समयमा चौधरीले पनि घरमा भोजको आयोजना गरेर १५ जना बाहिरी गाउँको मानिसहरुलाई बोलाएपछि गाउँले र चौधरी विच दोहरो झड्प भएका थिए । सो गाउँमा परिचालन गरेर सुक्ष्म निगरानी राखेर अवस्थालाई साम्य बनाइएको समेत उनले स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै