भारतले इचिहास रच्यो, चन्द्रमाको दक्षिणी ध्रुवमा अबतरण गर्ने भारत पहिलो देश बन्यो

   ६ भाद्र २०८०, बुधबार १९:३१  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई शुभकामना दिदै पहिला भन्ने गरिन्थ्यो चन्दा मामा दुर के, अब नयाँ पिढिले भन्छन् चन्दा मामा टुर के
नयाँ दिल्ली, एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले चन्द्रमाको दक्षिणी पोलमा चन्द्रयान—३ सफ्ट लैण्डिंग गराएर भारतले विश्वमा इतिहास रचेका छन्
नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे चन्द्रयान—३ ले चन्द्रमाको दक्षिणी पोलमा ‘सफ्ट–ल्याण्डिङ’ गरेका हुन् ।
भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको थियो । अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौंथो देश बनेका छन् ।
यसअघि अमेरिका, तत्कालीन सोभियत संघ र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा यान प्रक्षेपण गरेका थिए । चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गर्ने योजनाका साथ उडेको रुसको लुना–२५ यान गत आइतबार चन्द्रमामा दुर्घटनाग्रस्त भएको थियो ।
उक्त घटनापछि चन्द्रयान–३ अवतरणका लागि वैज्ञानिकले सुरक्षित स्थानको खोजी गरेका थिए । अवतरणको दृश्यलाई इसरोले युट्युव र फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्यक्ष प्रसारण हेरेका थिए । उनले आजै बेलुका देशवासीलाई सम्बोधन गर्दै इसरोका वैज्ञानीहरुलाई प्रधानमन्त्री मोदीले बधाई दिए ।
मोदीले भने आजको दिन विश्व इतिहासमा भारतको नाम उच्च स्थानमा पुगेकोमा गर्व भारतवासीले महसुस गरिरहेको बताए । उत्साह, उमंग र भावुक्ताको समयमा पनि धर्यधारण गरेर भारतवासी र हाम्रो बैज्ञानिकको धर्यताका साथ गरेको सफलताबाट भारत विश्वमा पहिलो देश चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेर इतिहास रचेकोमा अदभुत क्षण भएको बताए ।
प्रधानमन्त्री मोदीले भने चन्दा मामा बहुत दुरका थिए अव चन्दा मामा टुरको हुनेछ आउदो पिढिले भन्ने छन् । दक्षिणी ध्रुवमा चन्द्रयान ३ को सफल अवतरण पछि पक्ष र प्रतिपक्षका नेताहरु सहित देश विदेशका नेताहरुले भारतलाई बधाई दिदैछन् । चन्द्रयानको अवतरणको लागि भारत भरी आज विहानै देखि पुजा पाठ, हवन लगायतका कार्यक्रम भारतवासीले गरिरहेका थिए ।
यो परियोजनाको मुख्य उद्देश्य चन्द्रमामा पानी खोजी गर्नु हो । जसलाई रकेट फ्युलको रुपमा प्रयोग गर्नेदेखि चन्द्रमामा मानव बसोबासका लागि उचित वासस्थानको खाजी गर्नु रहेको छ । चन्द्रमाको दक्षिण धुव्र अँध्यारो हुने भएकाले त्यस क्षेत्रमा पानीको बरफको सम्भावना उच्च हुने वैज्ञानिकको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै