राधेश्याम कुशवाहा
जयपुर (सर्लाही), ७ भदौं । सर्लाहीको गोडैता नगरपालिका वार्ड न.२ जयपुरमा खराब भएको ट्रान्सफर्मर दुई सातापछि जडान भएको छ ।
प्रदेश सांसद फकिरा महतोको निरन्तर प्रयासपछि विहिवार ट्रान्सफर्मर जडान भएपछि स्थानीयहरु हर्षित भएको हो ।
विगत दुई सातादेखि विद्युत अभावमा प्रचण्ड गर्मीबाट कष्टकर जीवन बिताउदै स्थानीयले विद्युत सुचारु भएपछि प्रदेश साँसद महतोलाई धन्यवाद दिए । विद्युत ट्रान्सफर्मर बिग्रीएपछि विगत २ साता देखि स्थानीयवासी अध्यारोमा बस्न बाध्य हुँदै आएको थियो । प्रचण्ड गर्मीका कारण रातभरी हामीले सुत्न पाएका थिएन, स्थानीय चन्द्रीका महतोले गुनासो गरे । विद्युत सुचारु भएपछि २ सातापछि यहाँका सर्वसाधारण अब फेरी रातभरी निर्धक्क भएर सुत्ने उनले भने ।
मेयर, विधायक र विद्युत हाकिमबाट गएको शनिवार देखि नै आज भोलि भन्दै आश्वासन पाएपनी ट्रान्सफर्मर जडान हुन नसकेपछि स्थानीयवासी निराश भएका थिए ।
आज नयाँ ट्रान्सफर्मर जडान भएपछि प्रदेश सासद फकिरा महतो स्थानीयवासीसंग कुराकानी गर्दै जनताले मलाई बहुमुल्य मत दिएर चुनाव जिताएका कारण जनता पीडा आफनो पीडा रहेको प्रदेश सासद महतोले भने ।
ट्रान्सफर्मर खराब भएको दिनदेखि नै नयाँ ट्रान्सफर्मर जडानका लागि विद्युत प्राधिकरण मलंगवा र प्रादेशिक कार्यलयमा तुरुन्तै जडानका लागि पहल गर्दै आएपनी ट्रान्सफर्मरको अभावका कारण ढिलो भएको उहाँले स्वीकारे ।
विद्युत प्राधिकरण मलंगवाका प्रमुख उमेश यादवलाई लिएर जनकपुर पुगेका थियौं । तर त्यहाँ पनि ट्रान्सफर्मर नभएपछि प्रादेशिक कार्यलयबाट पहल गरेर हेटौंडाबाट ट्रान्सफर्मर ल्याउने काम भएको छ । आज बिहान साँसद महतोको उपस्थितिमा ट्राफिक जडान गराएको छु ।
प्रदेश सासद महतोले जनताको पीडा बुझ्न र उनीहरुको दुखमा मलहम लगाउन आफू प्रत्येक दिन कुनै न कुनै वार्डमा जनता बिचमा रहदै आएको दाबी गरे ।
जयपुरमा २ सातादेखि ट्रान्सफर्मर खराब भएर सर्वसाधारण घर बाहिर रात काटन बाध्य हुँदै आएको थियो । बाहिर बस्दा र सुत्दा लामखुट्टेले दुख दिन्थ्यो भने अँध्यारो रातमा सर्पले टोक्ने डरले स्थानीय थप भयभित हुँदै आएका थिए । विद्युतको अभावमा गाउँभरीका मोबाईल अफ भएर मोबाईल र ईन्टरनेट सम्पर्कबाट स्थानीयवासी बञ्चिय हुँदै आएको थियो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट