नयाँ दिल्ली, एजेन्सी । पछिल्लो समय भारतको जम्मु कश्मीर स्टार्टअप व्यवसायका लागि ‘हब’ का रुपमा विकसित हुँदै गएको पाइएको छ । यसअघि जम्मु कश्मीरका शिक्षित युवाहरु सरकारी जागिरतर्फ आकर्षित थिए । गुड मर्निङ कश्मीरका अनुसार रोजगारीको सुरक्षा, आकर्षक तलब एवम् निवृत्तिभरणजस्ता सुविधाका कारण यस क्षेत्रका हजारौँ युवाहरुले सरकारी जागिरका लागि आवेदन दिने गरेका थिए । सरकारी अधिकारीहरुले भने सबै युवाहरुका लागि सरकारी जागिर सम्भव नभएको भन्दै आफ्नै व्यवसाय सुरु गर्न आह्वान गर्दै आएका थिए । यद्यपि पछिल्लो समय भने युवाहरु आफैँ व्यवसाय गर्नतर्फ उन्मुख हुन थालेको गुड मर्निङ कश्मीरले जनाएको छ । जम्मु कश्मीरका युवाहरुमा लगानी गर्ने आत्मविश्वास पनि बढ्दै जान थालेको छ । आफ्नै स्टार्टअप व्यवसाय सुरु गर्नका लागि जम्मु कश्मीरका युवाहरुले बैंक एवम् वित्तीय संस्थाहरुबाट ऋण पनि लिन थालेका छन् । जम्मु कश्मीरका युवाहरुमा देखिएको स्टार्टअप व्यवसायप्रतिको आकर्षणका कारण यस क्षेत्रमा बेरोजगारी दरमा पनि कमी आउने अपेक्षा गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन