रौतहट, ८ भदौं । हिन्दु संस्कृतिमा शंखलाई महत्त्वपूर्ण मानिन्छ । शंखमा ॐ ध्वनि प्रतिध्वनित हुन्छ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश र लक्ष्मीको प्रतीक मानिन्छ । पुराण र शास्त्रमा शंख ध्वनिलाई अत्यन्त कल्याणकारी मानिन्छ । वास्तु शास्त्रमा समेत शंख ध्वनि अर्थात् शंखनादबाट कुनै पनि स्थानको नकारात्मकता नष्ट गर्न सकिन्छ । वास्तु शास्त्रकाअनुसार, शंखमा वास्तु दोष हटाउने अद्भुत शक्ति हुन्छ, जुन घरमा शंख राखिएको हुन्छ त्यहाँ हरेक कुरा पनि राम्रो हुन्छ ।

शास्त्रका अनुसार, पूजा स्थलमा देवी लक्ष्मीको साथ शंखको स्थापना गरी पूजा गरिन्छ भने त्यहाँ स्वयं लक्ष्मी माताको वास हुन्छ । वास्तु शास्त्रका अनुसार शंखमा यस्ता केही महत्त्वपूर्ण गुण हुने गर्दछन् जसले घरमा सकारात्मक ऊर्जा भित्रने गर्दछ । शंखको आवाजले सुतेको भूमि समेत जाग्रत हुने मान्यता छ । यदि घरको कुनै वास्तु दोष रहेको छ भने कोठाको एक कुनामा शंख राखेमा त्यहाँको वास्तु दोष नष्ट भएर जाने गर्दछ । त्यसैले घरमा शंख राखेमा वास्तु दोषबाट छुटकारा पाउन सकिन्छ । साथै धन प्राप्ति हुने गर्दछ । शंखनाद गर्दा समेत शंखको ध्वनि पुगेको स्थानसम्मको त्यहाँ खुसियाली र समृद्धि बनी रहने गर्दछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन