रौतहट, ८ भदौं । नेपाली मेन्स क्रिकेट टिम अहिले पाकिस्तानमा रहेको छ, जहाँ नेपाली क्रिकेट टिम शनिवार अर्थात भोली एउटा अभ्यास मैच खेल्ने भएको छ ।
पाकिस्तानका स्थानीय क्लब तथा फस्ट क्लास खेलाडीलाई मिक्स गरी उनीहरुसँग तयारीका लागि अभ्यास खेल खेल्ने टिमका म्यानेजर प्रदीप मजगैंयाले बताए ।

हाल कराँचीमा अभ्यास गरिरहेको नेपाली टिमका लागि पाकिस्तानको मौसम तथा खेल सँग अभ्यस्त गराउन अभ्यास खेलको तयारी गरिएको बताइएको छ । नेपालले कराँचीको नेशनल स्डेडियममा गत २ दिन देखि अभ्यासमा व्यस्त रहेका छन् । नेपालले ३० अगष्ट ( भदौं १३ गते) मा पाकिस्तानको मुल्तानमा घरेलु टिम संग एसिया कपमा सामना गर्दैछ ।
त्यस्तै दोस्रो भारतसँगको खेलका लागि नेपाली टिम श्रीलंका जानेछ । नेपालले दोस्रो खेल सेप्टेम्बर ४ (भदौ १८) मा भारतसँग खेल्नेछ ।
एसिया कप खेल्ने नेपाली टिम– रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन