विद्युत (इलेक्ट्रोनिक) कारोबार संग कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको २१ दिन वितिसक्दा पनि अधिकारी प्रहरी नियन्त्रण बाहिर

पक्राउ पुर्जी जारी भएको २१ दिन भईसक्यो, यहाँ म जस्ती महिला न्याय पाउन निकै गाह्रो छ, माओवादीको सत्ताको आडमा मैले न्याय पाउछु भने विश्वास छैन, यदी न्याय पाइएन भने आत्यहत्या बाहेक अन्य कुनै विकल्प नरहेको महिला पुजा पाठक तिमलसिना अन्तिम बाटो रोज्न हुने गुनासो गरिन ?
रौतहट, ८ भदौं । महिला अधिकारकर्मी पुजा पाठक तिमसिनाले दर्ता गराएको विद्युत (इलेक्ट्रोनिक) कारोवार संग कसुर मुद्दामा विपक्षी विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटबाट पक्राउ पुर्जी जारी भएको २१ दिन वितिसक्दा पनि पिडक पक्राउ पर्न पसकेको छैनन् ।
रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्वर ४ कप्तान टोलकी चिरंजिवीनाथ तिमलसिनाको ३६ बर्षिय श्रीमती पुजा पाठक तिमलसिनाले बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका १६ हाल निजगढ नगरपालिका ८ रामहरी अधिकारीको ३८ बर्षिय छोरा महेश्वर अधिकारी विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा विद्युत (इलेक्ट्रोनिक) कारोबार संग कसुर मुद्दामा विपक्षी बनाएर मुद्दा गत साउन १६ गते दर्ता गराएका थिए ।
सोही मुद्दामा साउन १९ गत विपक्षी अधिकारीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रौतहटबाट पक्राउ पुर्जी जारी भएको थियो । तर पक्राउ पुर्जी जारी भएको २१ दिन वितिसक्दा पनि पिडक पक्राउ नपर्नुबाट प्रहरीको कार्यशैली माथि पिडित बनेकी महिला अधिकारकर्मी तिमलसिनाले प्रश्न चिन्ह् खडा गरेकी छिन् ।
पिडित महिला तिमलसिनाले जिल्ला प्रहरी कार्यालयमा पिडक अधिकारी विरुद्ध विद्युत (इलेक्ट्रोनिक) कारोबार संग कसुर दर्ता गराएको मुद्दामा २०८० साल जेठ २१ गते अधिकारीले संचालन गरेका फास्टट्रायक मिडिया प्राली खरिद विक्री गर्ने करारनामा मेरो नाममा गरेको, करारनामा अनुसार कबोल भएको सबै रकम दिइसकेको, तर मेरो नाममा गर्न एक महिनाको समय मागेको उक्त समय वितिसक्दा पनि मेरो नाममा गर्न पटक पटक तोकता गर्दा समेत अधिकारीले आनाकानी गर्दै आएपछि आफूले दिएको ६ लाख नगद रकम माग गर्दा मेरो चरित्र हत्या गर्ने मनसायले समाजिक संजालमा र म्यासेन्जरबाट अशलिल शब्दहरुको प्रयोग गर्दै आएका थिए ।
उनी भन्छीन, “जीवन तनावमा गुज्रिरहेको छ, घर परिवारबाट टाढिने अवस्था आएको छ, मैले नगरेका कार्यहरु तथा मेरो बारेमा अश्लील कुराहरु गर्दै चरित्र हत्या गरिरहेको छ, अब न्याय पाइएन भने मर्नुबाहेक अन्य कुनै विकल्प नरहेको” अवस्था छ । पिडक माओवादी भएकै कारण म जस्ती महिलाहरु न्याय पाउन निकै गाह्रो रहेको महसुस गर्दै यदी चाँडै न्याय पाइएन भने आत्महत्या गर्नु बाहेक अन्य कुनै विकल्प मेरो सामु नरहेको स्पष्ट पारिन ।
त्यती मात्रै नभई विपक्षी अधिकारीले कुटपिट, अभद्र व्यवहार र ज्यान मार्ने धम्की दिदा संघिय राजधानीको प्रहरी परिसर नयाँ बानेश्वर वृतमा लिखित उजुरी दिएपछि विपक्षी त्यहाँ पनि उपस्थित नभई फरार रहदै आएको उनले भनिन । विपक्षी अधिकारीले अश्लिल तस्वीरहरु भिडियो कलको माध्यमबाट पठाउदै आएको, महिलालाई भन्न नहुने शब्दहरुको प्रयोग गरेपछि गत साउन ५ गते जिल्ला प्रहरी कार्यालयमा विद्युत (इलेक्ट्रोनिक) कारोबार संग कसुर मुद्दामा दर्ता गराउन आउदा यहाँ मुद्दा दर्ता गर्न मानेनन् ।
आफू संग भएभरको रेकर्डहरु राखेर गृह मन्त्रालयमा वाह्ट्स एपको माध्यमबाट पठाउदा गृहबाट जिल्ला प्रहरी कार्यालयलाई मुद्दा दर्ता गर्न भनिएपछि बल्ल साउन १६ गते मुद्दा दर्ता भएको पिडिता तिमलसिनाले बताइन् । साउन १९ गते पक्राउ पुर्जी जारी भएको समयमा पिडक वाराको निजगढमै लुकेर बसेका थिए । मैले प्रहरीलाई फलानो घरमा लुकेर बसेको भन्दा समेत बारा प्रहरीले सहयोग गरेनन । अहिले पिडक महेश्वर अधिकारी संघिय राजधानीको महराजगञ्ज एरियाको बासबारी स्थित साढु दाईको घरमा बसिरहेको भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले संघिय प्रहरी परिसरमा पक्राउ पुर्जी समेत पत्राचार नगरेको पिडिता तिमलसिनाले रौतहट प्रहरी माथि आशंका व्यक्त गरिन् ।
पिडिता तिमलसिनाका अनुसार पिडक महेश्वर अधिकारी नेपाल पत्रकार महासंघको मधेश प्रदेशका सदस्य तथा प्रेस सेन्टरका केन्द्रीय सदस्य रहेको हुँदा यस क्षेत्रका संचारकर्मी र प्रहरी समेतले उनलाई सघाईरहेको गम्भीर आरोप लगाइन ।
उनी भन्छीन, “जीवन तनावमा गुज्रिरहेको छ, घर परिवारबाट टाढिने अवस्था आएको छ, मैले नगरेका कार्यहरु तथा मेरो बारेमा अश्लील कुराहरु गर्दै चरित्र हत्या गरिरहेको छ, अब न्याय पाइएन भने मर्नुबाहेक अन्य कुनै विकल्प नरहेको” अवस्था छ । पिडक माओवादी भएकै कारण म जस्ती महिलाहरु न्याय पाउन निकै गाह्रो रहेको महसुस गर्दै यदी चाँडै न्याय पाइएन भने आत्महत्या गर्नु बाहेक अन्य कुनै विकल्प मेरो सामु नरहेको स्पष्ट पारिन ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले महिला पुजा पाठक तिमलसिनाले विद्युत (इलेक्ट्रोनिक) कारोबार संग कसुरमा पिडक महेश्वर अधिकारी विरुद्ध मुद्दा दर्ता भएको स्वीकार्दै पक्राउ पुर्जी जारी भएर खोजतलास भईरहेको बताए । अधिकारी लुकेर बसेका सम्भावित जिल्लाहरुमा पक्राउ पुर्जी पठाइसकेको हुँदा चाँडै नियन्त्रणमा लिई कानुनी कारवाहीको प्रक्रिया अघि बढाउने स्पष्ट पारे ।